Skip to main content

कालाबजारी सक्रिय, प्रजिअ मौन

वीरगंज, १५ साउन । बढ्दो महंगीको चांप एवं कृत्रिम अभावबीच खाद्यान्न लगायतका सामान विक्रीमा नागरिकलाई बलिको बोको बनाउन थालेका वीरगंजका कालाबजारी, व्यापारीहरूलाई तह लगाउने कार्यतर्फ सम्बन्धित निकायहरूले केही नबोल्नुले आम नागरिकबीच विश्वास गुम्न थालेको छ।
नगर क्ष्ेत्रमा अनाधिकृत आय आर्जन गर्ने उद्देश्य अनुरूप नाम मात्रका लागि गठन भएका जस्ता आधा दर्जनभन्दा बढी उपभोक्ता मञ्च, नागरिक समाज, समाजका अगुवा भनाउंदा एवं समाजकै लागि पत्रकारिता गर्ने संचारकर्मीहरू लगायतका उपभोक्ताहरु अनियन्त्रित मूल्यवृद्धि, कालाबजारी, कृत्रिम अभावको समस्या झेल्न बाध्य भएका छन्।
जनउत्तरदायी प्रशासन र कानूनी राज्य नभएकोजस्तो कालाबजारीहरू कै मनमर्जि बमोजिम बजार मूल्य स्थापित हुने हो भने र अपराधी चरित्रकै व्यक्तिहरूबाट कानून कार्यान्वयन हुने हो भने किन चाहियो हामीलाई प्रजिअ (प्रमुख जिल्ला अधिकारी), किन चाहियो कानून कार्यान्वयन गर्ने निकाय ?
यसै प्रसंगमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपभोक्ता वर्गको गुनासोलाई ध्यानमा राखी कानूनी राज्यको अवधारणा स्थापित गर्न दर्जनौं व्यापारीहरूको गोदाममा छापामारी गरी कालाबजारी व्यापारीलाई कारबाही थालनी गरिसक्दा पनि पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले वीरगंजमा कृत्रिम अभाव, कालाबजारी, चर्को मूल्य वृद्धि भएको नदेख्नुलाई नगरवासीले कुन रूपमा हेर्ने त्यो भने गहन विषय बनेको छ।
दैनिक उपभोग गर्ने चामल, दाल, केराउ, चना, चिनी, पिठो, बोडी लगायत मटीतेल, घ्यू, सिमेन्ट, दूध, दही, तरकारी, निर्माण सामग्री तथा अन्य सामग्रीहरूको मूल्यसूची राख्ने प्रावधान नरहेबाट पनि यो समस्याले विकराल रूप लिएको नगरका बौद्धिक वर्गहरुको अवधारणा छ। नागरिक समाजप्रतिको उत्तरदायित्व बोकेका संस्था लगायतका सम्बन्धित निकायले मूल्य नियन्त्रण एवं अनुगमन, निरीक्षण गर्न सक्ने सम्बन्धित निकाय हुन अथवा मूल्य एकरूपता कायम गर्न सक्ने भूमिकामा निर्वाह अहम जिम्मेवारी निर्वाह गर्न सक्ने निकाय वीरगंज उद्योग वाणिज्य संघलाई दबाबयुक्त रूपमा उपभोक्ता हितका लागि परिचालन गर्ने लगाउन नसक्नुले पनि यी समस्या देखा परेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।