Skip to main content

१०९ सशस्त्र समूहमध्येबाट वार्ता कि कारबाही

काठमाडौं, साउन १६। गृहमन्त्री भीम रावलले देशमा सक्रिय १०९ सशस्त्र समूहमध्ये राजनीतिक र आपराधिक उद्देश्यबाट प्रेरित हुन् भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सबै समूहको पहिचानलगत्तै सरकार निष्कर्षा पुगी अगाडि बढ्ने खुलासा गरे।
'देशभर १०९ सशस्त्र समूहको सूक्ष्म अध्ययन भइरहेको छ,' गृहमन्त्रीले भने,'अध्ययनलगत्तै वार्ता कि कानुनको दायरामा ल्याउने प्रक्रिया थाल्ने भन्ने निष्कर्षा पुग्नेछौं।' अधिकांश समूह आपराधिक क्रियाकलापमा लागेको प्रारम्भिक अध्ययनले देखाएको उल्लेख गर्दै कानुन बमोजिम अगाडि बढ्ने बताए। आपराधिक समूहलाई सीमा वारपार गरेर सक्रिय हुने अवसर नमिल्ने गरी रणनीति तयार भएको बताए। छिमेकी मुलुकका सुरक्षा निकायसंग समन्वय गरी अपराध नियन्त्रणको नीति लिने उनको भनाई थियो। अपराधी उम्कन नदिन सीमा क्षेत्रमा कर्डाई गरिने स्पष्ट पारे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा रावलले सुरक्षा निकायमा दरबन्दी बढाउने खुलासा गरे। विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनका लागि दरबन्दी बढाउने दिर्घकालिन योजना रहेको बताए। 'विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रहरी सेवामा दरबन्दी बढ्छ,' उनले भने,'भएका संख्याका सुरक्षाकर्मीको परिचालन हुन्छ।' प्रहरी चौकीहरुको संख्या वृद्धि गरिने, गुल्महरु खडा गरी प्रत्यके गुल्ममा १२० प्रहरी दरबन्दी खडा गरिने, घनीभूत अपराध हुने ठाउंको नक्शांकन गरी सुरक्षाकर्मी खटाइने कार्ययोजना रहेको बताए। ५६ हजार जनपथ प्रहरी, २५ हजार सशस्त्र प्रहरी बल र सूचनाका लागि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतहरुलाई सक्रिय पारिने बताए। सुरक्षा निकायमा संरचनात्मक र नीतिगत परिवर्तन ल्याउने बताए। साधन र स्रोत जुटाएर प्रभावकारी कामहरु गर्ने उनको भनाई थियो। परिचालनतर्फ९२ करोड खर्च गर्ने कार्यक्रम बनाइएको बताए।
योजना कार्यान्वयनका लागि तालिका बनिरहेको बताए। केही दिनमै कार्यान्वयन शुरु हुने बताए। कार्यान्वयनबारे अविश्वास भइरहेकोबारे सोधिएको प्रश्नमा उनले भने,'व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले कार्ययोजना अगाडि बढाउन अनुमति दिएकाले कार्यान्वयन हुन्छ।' नेपाली जनता र राजनीतिक दलहरुले योजनाबाट शान्तिसुरक्षाको प्रत्याभूति हुने आशा राखेकाले सहयोग प्राप्त हुनेमा विश्वस्त भएको बताए। अन्तराष्ट्रिय समुदायको पनि कार्ययोजनाप्रति र्समर्थन रहेको बताए। राजमार्गहरु अवरुद्ध हुने क्रम रोक्न प्रभावकारी कदम चालिने बताए। कानुनभन्दा कोही ठूलो नभएकाले अपराध गर्ने कोही नछुट्ने दृढता व्यक्त गरे। रामहरि श्रेष्ठको हत्याका अभियुक्त कालिबहादुर खाम मगर र नेपाल विकास बैंकबाट करोडौं रकम डुबाएको अभियोग लागेका उत्तम पुनलगायतलाई पक्राउ गर्न नसकेकोबारे सोधिएको प्रश्नमा उनले भने,'ठूलालाई चैन र सानालाई मात्र ऐन हुदैन, फाइल हेरेर काम अगाडि बढाइनेछ।' कानुन मिच्नेलाई कारबाही गर्न दृढतापर्ूवक लाग्ने बताए।
दण्डहीनता अन्त गरी जनताको शान्तिपर्ूवक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताए। हत्या, अपहरण जस्ता जघन्य अपराध नियन्त्रणमा लिने, राजमार्ग अवरुद्ध हुन नदिने, काठमाडौं उपत्यकामा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नेसहितका पांचवटा उद्देश्य राखेर काम अगाडि बढाइने बताए। शान्तिसुरक्षा सुदृढ गर्न जनचेतना अभियानलाई प्रभावकारी बनाउने उनको भनाई थियो।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जनताले केही दिनमै शान्तिसुरक्षाको अनुभूति पाउनसक्ने विश्वास व्यक्त गरे। देशमा सुरक्षाको अवस्था बिग्रिएको भन्दै पत्रकारहरुको सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताए। वर्तमान सरकारले पत्रकारको सुरक्षाका लागि विशेष पहल गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।