वीरगंज, १८ असार । मधेशी जन अधिकार फोरम (गच्छेदार समूह)का केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपालीले फोरम दुइ टुक्रामा विभाजन हुनुको मुख्य कारण केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै रहेको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विधान, सिद्धान्तविपरित यादवले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाइ बर्खास्त गरी पार्टीमा हैकम मच्चाउन खोजेको आरोप लगाए।
साक्षात्कारमा एक प्रेस विज्ञप्ति जारी गरी मधेशी मुद्दा र लोकतन्त्रको संरक्ष्ँण, सम्वर्द्धनमा उपेन्द्र यादवको नेतृत्वले हुन नसक्ने ठहर गर्दै वरिष्ठ संसदीय दलका नेता एवं उपप्रधानमन्त्री विजय गच्छेदारबाट मात्र हुन सक्ने भन्दै पुनरगठित पार्टीमा गोलबन्द गर्ने र्सवसम्मति पार्टी निर्णय रहेको उल्लेख छ।
Comments
Post a Comment