काठमाडौं, ८ साउन। नेपाल तरुण दलका बांके समिति सदस्य सुवास वडवालको बुधवार राती भएको विभत्स हत्याको घोर भर्त्सना गर्दै हत्यामा संग्लनहरु माथी कारवाही गर्न नेपाल तरुण दलले माग गरेको छ।
आज एक प्रेस विज्ञप्ति जारी गरी वडवालकोेे बुधवार राति १० बजे घर कोहलपुर जांदै गर्दा रामनगरमा हत्या गरिएको उल्लेख छ।
तरुण दलका कार्यवाहक अध्यक्ष नागेश्वर यादवद्वारा जारी विज्ञप्तिमा हत्याराको तुरुन्त खोजी गरि कारवाही गर्न माग गदैं बुधवार नै जाजरकोट जिल्ला सदस्य शिवबहादुर सिंह माथि भएको आक्रमणको समेत भर्त्सना गर्दै घटनामा संग्लन माओवादीका वडा इन्चार्ज वीरजित नेपालीमाथि कारवाहीको माग गरेको छ। उनीहरुले धारिलो हतियार प्रयोग गरि सिंहको खुट्टा काटिदिएको विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment