Skip to main content

बादले हेर्न पाइएन ऐतिहासिक सुर्य ग्रहण

यस शताब्दी कै अन्तिम खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ दिएन।
अपडेट (६:५५) ७ बजेर ४२ मिनेटमा बल्ल पूरै ग्रहण छाड्नेछ। तर अहिले
उज्यालो भइसकेको छ। अपडेट (६:४७) अब बिस्तारै उज्यालो हुन थालेको छ।
अपडेट (६:४०) अब अघिको भन्दा झनै उज्यालो कम भएको छ। काग र चराहरु अचम्म मानेर कराइरहेका छन्। उनीहरु फेरि अँध्यारो भएकोले घर फर्कने तर्खरमा छन्। अहिले सूर्य अस्ताइसक्दाको जस्तो दृश्य छ। बिहानै अँध्यारो परेको यो क्षणको अनुभव अनौठो छ। भर्खरै उज्यालो भएको थियो र भर्खरै अँध्यारो हुन
लागिरहेको छ। भारतको वाराणासीमा देखिएको पूर्ण सूर्य ग्रहण। यही हेरेर चित्त बुझाइयो।
अपडेट (६:३२) अबको दश मिनेटपछि ९६ प्रतिशत सूर्यको अंश छेकिनेछ। अहिल भने रात परे जस्तो उज्यालो कम हुन थालिसकेको छ। केही समयअघि मात्रै बिहान भएकोले पूरै उज्यालो थियो। अहिले भने सूर्य अस्ताउन लागेको जस्तो अनुभव भइरहेको छ। उज्यालोको मात्रा झन् झन् कम हुँदै गइरहेको छ।
कस्तो देखिने रहेछ खै: आकाशमा बादलले हेर्न नदिएपछि पत्रिका हेरेर चित्त बुझाउँदै। काठमाडौँवासीले टेलिभिजन पर्दामा ग्रहणको दृश्य हेरे। मैले भने तलको लिङ्कबाट इन्टरनेटमा हेरेँ।
मूल ब्लगः यस शताब्दी कै अन्तिम खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ
दिएन। काठमाडौँको आकाशमा बादलै बादल छन्। अर्थात् सूर्यलाई आज चन्द्रमाले
मात्र हैन, बादलले समेत छेकिरहेको छ। काठमाडौँ ५ बजेर ४६ मिनेटदेखि ग्रहण
अवधि सुरु र ६ बजेर ४६ मिनेटमा मध्य अवधि हो। यति बेला ग्रहण अवधि सुरु
भइसकेको छ। अब ९६ प्रतिशत सूर्य ढाकेर बिहानै रात परेको अनुभव मात्र गर्न
पाइनेछ। त्यसो त सरकारले आज ग्रहण लागेको भनेर देशभर सार्वजनिक विदा
घोषणा गरिसकेको छ। बिहान आठ बजेसम्ममा ग्रहण हटिसकेको हुनेछ। त्यसपछि त
दिनभर सरकारी कर्मचारीलाई मोज !
भारतका मिडियाले ग्रहणदेखि नडराउनू भनी सन्देश दिइरहेका बेला नेपालको
एउटा पत्रिकामा छापिएको सल्लाह हेर्नुस् त-
सूर्य ग्रहण शुरु हुनुभन्दा चार प्रहर अगाडिदेखि ग्रहणको सुतक वा दोष
लाग्ने भएकाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन। शयन, हाँस्य विनोद,
मूर्तिस्पर्श, खेलकुद आदि पनि गर्नुहुँदैन । धर्मशास्त्रमा बताइएअनुसार
ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिशा
गरे किराफट्याँग्रा हुन्छ, विषय वासनामा लिप्त रहे अर्को जन्ममा सुँगुरको
जुनी प्राप्त हुन्छ

पूर्ण खग्रास सूर्यग्रहण सकियो, प्रधानमन्त्रीबाट पनि अबलोकन
युगान्तकारी खगोलीय परिघटनाको रुपमा रहेको आजको पूर्ण
खग्रास सूर्यग्रहण नेपालमा ५ बजेर ४६ मिनेटदेखि सुरु भई ७ बजेर ४७ मिनेटसम्म जारी
रह्यो । २१ औं शताब्दीकै सबैभन्दा दुर्लभ र ऐतिहासिक सूर्यग्रहणको
विश्वका बैज्ञानिकहरुले
अनुसन्धानको अबसरको रुपमा लिए ।
पृथ्वीका झण्डै आधा भागबाट खगोलवीद, सर्बसाधारण र ज्योतीषहरुले अवलोकन
गरे । नेपालमा
सबैभन्दा बढी विराटनगरमा ३ मिनेट ३६ सेकेण्ड पूर्ण खग्रास सूर्यग्रहण
जारी रह्यो भने
काठमाडौंमा ६ बजेर ४२ मिनेटमा अबलोकन गरिएको थियो । प्रधानमन्त्री माधबकुमार
नेपालले पनि नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को कार्यालय
खुमलटार ललितपुर गई अबलोकन गर्नुभएको थियो ।
नास्टका साथै काठमाडौंको तक्षशीला एकेडेमी, काठमाडौं मल, बालमीकी
बिद्यापीठलगायतका
विभिन्न स्थानमा बिशेष किसिमको चस्मा, टेलीस्कोप जस्ता प्रमाणित उपकरणबाट ग्रहण
अबलोकन गर्ने व्यवस्था मिलाइएको थियो ।
इलाममा ६ बजेर ४३ मिनेटमा सुरु भएको पूर्ण अन्धकार तीन मिनेट आठ सेकेण्डसम्म
रहेको थियो । नेपालमा सबैभन्दा कम प्रभाव महेन्द्रनगरमा ८५ प्रतिशत
मात्रै अँध्यारो
रहेको खगोलबीदहरुले जनाएका छन् ।
ग्रहणका कारण अस्वाभाविक मौसम देखिनेकारण सरकारले नेपाल र विदेशस्थित
कुटनीतिक नियोगमा सार्बजनिक बिदा दिइएको छ । नेपाल हुँदै बङ्गलादेश,
भुटान, म्यानमार, चीन र जापानमा सूर्यग्रहण देखिएको थियो ।
जापानमा झण्डै सात मिनेटसम्म पूरै अन्धकार रह्यो ।
आजको जस्तो पूर्ण खग्रास सूर्य ग्रहण यसपाली हेरेका पुस्ताले अर्कोपटक हेर्न
पाउने छैन । किनकी, अबको एकसय २३ वर्षपछि मात्र ब्रम्हाण्डमा यस्तो संयोग
जुर्नेछ । यसअघि नेपालमा सन् १८९८ को जनवरी २२ मा यस्तो सूर्यग्रहण देखिएको थियो । अब
अर्को खग्रास सूर्यग्रहण १४ मे सन् २१२४ मा देख्न सकिनेछ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटै सीधा रेखामा पर्दा सूर्यग्रहण लाग्दछ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने बिज्ञहरुको सुझाव छ । नाङ्गो आँखाले हेर्दा आँखाको रेटिना डढ्ने नेत्ररोग बिशेषज्ञहरुको भनाइ छ ।

धार्मीक मान्यता
सूर्यग्रहणको अबधि सकिएपछि नजिकको नदी, पोखरी वा खोलानालामा गएर नुहाईधुवाई गरी
सूर्यको पूजा गरेर दान दिने गरीन्छ । यसलाई 'ग्रहण पखाल्ने' भनिन्छ । ग्रहणको
अबधिभर पानी समेत पीउन नहुने धार्मीक विश्वास छ । विभिन्न राशी र नक्षत्र
भएकाहरुलाई
सूर्यग्रहणले शुभ र अशुभ फल दिने ज्योतिष बिज्ञानको भनाई छ ।
राशीको आधारमा यस्तो छ ग्रहणको फल
मेष : पीडा, मानसिक अस्वस्थता
बृष : मानसम्मान र धनलाभ
मिथुन : अशुभ, नोक्सानी
कर्कट : सबैभन्दा अशुभ, कष्ट, घात, दुर्घटनाको भय
सिंह : हानी, व्यापार व्यवसायमा नोक्सानी
कन्या : सबैभन्दा शुभ, अचानक धन लाभ
तुला : सुख समृद्धि
बृश्चिक : मानहानी, शत्रु भय
धनु : शारीरिक अस्वस्थता, अतिकष्ट
मकर : स्त्री पीडा
कुम्भ : सुख प्राप्त
मिन : चिन्ता, कानमा समस्या आउन सक्ने
स्रोत- मेरो संसार, अनलाइनखबर र अन्य विविध

Comments

  1. i cant see surya grahan in birgunj, becouse the climet change

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।