वीरगंज, २६ असार । प्रधानमन्त्री माधव कुमार नेपालले दलहरुबीच गम्भीर मतभेद भए पनि संवाद र सहमतिका आधारमा निष्कर्षमा पुग्ने बताउनु भएको छ ।
आज अधिराज्यकै निजी क्षेत्रको अत्याधुनिक र ठूलो अस्पताल वीरगंज-१८ स्थित नेशनल मेडिकल कलेजको उदघाटन गर्नुहुंदै प्रधानमन्त्री नेपालले धैयता, लगनशीलता, लक्ष्यप्रति निष्ठा भएमा सोचेको कुरा पूरा हुन्छ भन्नुभयो।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति समेत रहेका प्रमं नेपालले नयां नयां संक्रमक रोगहरुले हाम्रँे स्वास्थ्य जीवनलाई चुनौतीपूण् बनाइरहेको छ । जनताले सुलम उपचार पाउन सकिरहेका छैनन्। मेडिकल शिक्षा अत्यन्तै खर्चिलो छ । गरिब जनताका समस्या ज्यूंका त्यूं रहेमा द्वन्द्व बढाउंने बताए।
शिक्षामन्त्री रामचन्द्र कुशवाहाले लोकतन्त्रको स्थायित्व गर्न शिक्षाको आवश्यकता पर्दछ। देश तथा विदेशका छात्रछात्राहरुले नेशनल मेडिकल कलेजमा राम्रो अध्ययनको अवसर पाउंछ भन्नुभयो।
श्रम तथा व्यवस्थामन्त्री अफताब आलमले डा. जैनुद्दिन अंसारीको हौसला बुलन्द भएकोले नै सफल भएको हो। अब जनतन्त्र होइन, लोकतान्त्रिक संविधान बनाउन नेपाली जनता जुट्नु पर्दछ भन्नुभयो।
गृहराज्य मन्त्री रिजवान अंसारीले अब सडक बन्द हुन दिन्नौं। सरकार छोड्न तयार छौं तर अपराधी छोड्न तयार छैनौं भन्नुभयो । नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन अस्ारीले उदघाटन समारोहको अध्यक्षयता गर्नुभएको थियो।
Comments
Post a Comment