वीरगंज, २९ असार । नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्तिको उपलक्ष्यमा नेपाल आम संचार मंच फोमन पर्साले विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ।
आज बिहान ७ बजे वीरगंजको घण्टाघरबाट निस्किएको प्रभात फेरि तथा शान्ति रयालीले नगर परिक्रमा गरेको थियो। रयालीमा सहभागीहरु भानुभक्त आचार्यको तस्बिर अंकित पम्पलेट, नेपाली राष्ट्रिय झन्डा बोकेर भानुको जयजयकार गरेका थिए।
रयालीपछि नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित नेपाली भाषा आन्दोलन शान्ति र्याली तथा कविता वाचन समारोहमा पर्साका साहित्यकार, कवि, संचारकर्मी लगायतले आआफनो रचना वाचन गरेका थिए।
कार्यक्रममा कवि तथा साहित्यकारहरुलाइ फोमनले दोसल्ला ओढाइ प्रमाणपत्र वितरण गरेको फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतमले बताएका छन्।

Comments
Post a Comment