वीरगंज, १० साउन । मधेशी जन अधिकार फोरम नेपालका सभासद आत्माराम साहले मधेशमा लामो खडेरी परेकोले सुख्खा क्षेत्र घोषित गरी जनताहरूको राहतका लागि तत्काल प्याकेज कार्यक्रम लागू गर्न मांग गरेका छन्।
उनले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ खाएको भन्ने विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेका छन्। साउन १० गते रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले संवैधानिक प्रावधान अनुसार देश नचलेको आरोप लगाए।
मधेशी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष शशिकपूर मिया“ले तत्काल खडेरी पीडित कृषकहरूलाई राहत दिन सरकारसंग मांग गरेका छन्।
संचारकर्मीहरूबीचमा बा“डिएको प्रेस विज्ञप्तिमा पार्टी अनुशासन विपरित काम गर्ने विजयकुमार गच्छेदार, जीतेन्द्रनारायण देव, शरदसिंह भण्डारी, रामेश्वर राय यादव, रत्नेश्वरलाल गोइत, उपेन्द्र कुमार झा र रामजनम चौधरी समेत ७ जनालाई पार्टीको साधारण सदस्यताबाट गत जेठ २४ गते नै निष्काशन गरेको र गच्छेदार समूहले अर्को दलको मान्यता प्राप्त गर्ने नसक्ने कुरा उल्लेख छ।
Comments
Post a Comment