धादिङ, २६ असार । भैरहवाबाट काठमाडौ जादै गरेको लु.१.ख.४०४९ नं.को बस आज बिहान नौबिसे-२ नजिकै अनियिन्त्रित भइ ८० फिट तल खसेपछि दुइ दुइजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
एक पुरुष र एक महिला रहेको मृतकको नाम थर खुल्न सकेको छैन। घाइतेहरुको को काठमाडौंमा उपचार भइरहेको छ ।
आज बिहान काभ्रेको पनौती-६ नजिकै बा.२.ख.२९८ नं.को गाडी पल्टिदा तालढुंगा-५ बस्ने अम्विका तिमल्सिना, भोजराज खुलाल र पनौती-२ नाइकिनटार बस्ने गणेश के.सी. घाइते भएका छन्।
गए राति पर्साको उदयपुर-१ नजिकै ना७प ७६०७ नं.को मोटरसाइकलको ठक्करबाट ३ वर्षीया अप्सना खातुन घाइते भएकी छन्। घाइतेको ना.उ.क्षे.अस्पताल, वीरगंजमा उपचार भइरहेको छ भने मोटरसाकलचालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ ।
Comments
Post a Comment