Skip to main content

प्रमद्वारा ठाराब क्याम्पसलाइ १ करोड सहयोग

-फलोअप-
वीरगंज, २६ असार । प्रधानमन्त्री नेपालले ठाकुर राम बहुमुखी क्याम्पसलाइ रु १ करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
आज ठाराब क्याम्पसमा निरीक्षण तथा सम्मान कार्यक्रममा बोल्दै आफूले अध्ययन गरेको क्याम्पसमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै क्याम्पसको माथिल्लो तल्लाको छत निर्माणका १ करोड रुपैया उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै अर्थमन्त्रीलाई फोनमार्फ आदेश समेत दिनुभयो । 
यसैगरी प्रधानमन्त्री माधव कुमार नेपालले देश अहिले समस्या नै समस्याबाट गुज्रिरहेकोमा गुनासो पोख्नुभएको छ।
आज प्रमंको सम्मानमा वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहांले शान्तिपर्ूण्ा सामाजिक परिवेशको समस्या, राजनीतिक स्थिरताको समस्या, नीतिगत सामञ्जस्यता र निरन्तरताको समस्या, उद्योग र श्रमिकहरुबीचको आपसी समझदारीको समस्याहरु निराकरण गर्ने सरकारले ध्यान पुर्‍याउने कुरामा जोड दिनुभयो । 
प्रम नेपालले दस वर्षो द्वन्द्वले देश पछाडि परिसकेको दाबी गर्दै जनताको विश्वास सरकारप्रति कम भएकोमा बताउनुभयो । 
देश अब शान्तिको युगमा प्रवेश गर्न खोज्दैछ उहांले भन्नुभयो संक्रमणकालीन पीडा भोगेका नेपाली जनताले अब चांडै सुखका दिन आउने भन्दै नआत्तिन आग्रह समेत गर्नुभयो । 
उहांले बेरोजगारी समस्या समाधान गर्ने, देशमा शान्तिको बहाली गर्दै आर्थिक विकासको बाटोमा देशलाई लैजाने र आउदो बजेटले सो कुराको अनुभूति दिने विश्वास व्यक्त गर्नुभयो । 
प्रम नेपालले जीवनको सुरक्षा मात्र होइन, पंूजीको पनि सुरक्ष्ँा यो सरकारले गर्ने दाबी गर्नुभयो । उहांले पर्यटन, परियोजना, उद्योग, कलकारखानाको विकास गर्न सरकार तत्पर रहेको छ । 
उहांले नयां नेपाल निर्माणमा उद्योगी, व्यापारी, नागरिकको ठूलो भूमिका रहने बताउंदै सरकारले इमान्दारी र निष्ठाका साथ काम गरिरहेको हुंदा सबैले हातेमालो गरी साथ दिन आग्रह गर्नुभयो । 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।