Skip to main content

सभापतिका लागि उम्मेदवारी दिन्छु- कोइराला

काठमाडौं, असार २६ । नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो नेतृत्वमा कांग्रेस सशक्त, संगठित र सुदृढ बन्ने दाबी गरे ।
' १२ औं महाधिवेशनमा म सभापतिको उम्मेदवारी दिन्छु, ' कोइरालाले भने, ' जीवनभर सरकारमा जानेभन्दा पार्टर्ीीई सशक्त बनाउन समर्पित भएकाले जित्छु । ' आफूलाई कांग्रेसका आम कार्यकर्ताको र्समर्थन रहेको दाबी समेत गरे । पार्टर्ीी अनुशासन कायम गर्ने आफ्नो प्रमुख मुद्या रहेको बताए । उनले भने, ' अहिले अनुशासन छैन, अराजकता छ, अब सबै तोड्छु । ' पार्टर्ीीत्र अनुशासन र योगदानको उच्च मूल्यांकन गर्ने प्रणाली स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । मूल्य र मान्यताको राजनीतिक संस्कार बसालेर कांग्रेसलाई उदाहरणीय पार्टर्ीी रुपमा स्थापित गर्ने बताए । सहमतिबाटै पार्टर्ीीभापति बन्न पहल गर्ने नभए चुनाव लडेर भएपनि बन्ने स्पष्ट पारे । कांग्रेसभित्र दोस्रो पुस्ताका एकसे एक क्षमतावान नेताहरु रहेको भन्दै सबैको सहयोगबाट अगाडि बढ्ने बताए । उनले भने, ' कांग्रेसमा युवाशक्ति उदाउनेछन् । ' युवा, महिला, उपेक्षित समुदायलाई नेतृत्व तहमा ल्याउने आफ्नो लक्ष्य रहेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै कोइरालाले सरकारको नीति तथा कार्यक्रममा केही विषयहरु छूटेकाले प्रधानमन्त्री माधवकुमार नेपालले सच्याउने बताए । गरिबसंग विश्वेश्वर, गणेशमान शान्ति अभियान, युवा स्वरोजगार जस्ता महत्वपर्ूण्ा कार्यक्रमहरु प्रधानमन्त्रीको सम्बोधनमार्फ आउनेमा आफू विश्वस्त भएको बताए । उनले भने, नीति तथा कार्यक्रममा केही विषय छूटेकाले सच्याइनेमा विश्वस्त छु । ' माधवकुमार नेपाल नेतृत्वको सरकार बनाउन नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको उल्लेख गर्दै कांग्रेसले उठाएका जायज विषयलाई बेवास्ता नगर्न भने । 
सहमतिबाट अगाडि बढ्नुको विकल्प नभएको बताउदै माओवादीलाई समेत सरकारमा सहभागी हुन आग्रह गरे । माधव नेपाल नेतृत्वको सरकारमा माओवादीलाई सहभागी गराएर राष्ट्रि्य सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए । उनले भने, ' माओवादी सहभागी भएपछि राष्ट्रि्य सहमतिको सरकार निर्माण प्रक्रिया पूरा हुन्छ ।' माओवादीले सरकार ढाल्छु भनेको छ नि भन्ने प्रश्नमा उनले भने, डर, 'धाक, धम्की र छलछामबाट केही हुनेवाला छैन ।' माओवादी नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको बताए । विगतका कमी कमजोरी सच्याएर सहमतिमा आउन आग्रह गरे । माओवादीलाई बेवास्ता गरेर अगाडि बढ्न नहुनेमा उनको जोड थियो । माओवादीले हिंसात्कम क्रियाकलापलाई निरन्तरता दिएको भन्दै आलोचना गरे । वाइसिएलका गतिविधि तत्काल अन्त हुनुपर्नेमा उनको जोड थियो ।
कोइरालाले शान्तिसुरक्षाका लागि कर्डाईका साथ प्रस्तुत हुन सरकारलाई आग्रह गरे । शान्तिसुरक्षाका लागि सरकारले चाल्ने कदममा आफूहरुको पर्ूण्ा र्समर्थन हुने बताउदै भने, 'गल्ती गर्नेमाथि कारबाही गर्न पछि नहट्नुहोस, कांग्रेसलेनै गल्ती गर्‍यो भने पनि छूट नदिनुहोस् । ' दण्डहीनताका कारण देशमा शान्तिसुरक्षामा खलल पुगेको उल्लेख गर्दै कसैलाई पनि छूट दिन नहुने बताए । शान्तिसुरक्षामा कसैसंग सम्झौता नगर्न विशेष जोड दिए । देश भित्र र बाहिरका नेपाली र विदेशीको शान्तिसुरक्षामा चिन्ता रहेको उल्लेख गर्दै त्यसका लागि गम्भीर हुनुपर्ने बताए ।
अमेरिकामा दुइ हप्ता बिताएका कोइरालाले ज्रि्रोको समस्याबारे जाँच गरेको बताए । आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकको जाँचबाट थाहा भएको बताए । अमेरिका बस्दा नेपाली समुदायको विभिन्न कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै शान्ति प्रक्रियामा प्रवासी नेपाली र विदेशीहरुको चासो निकै रहेको बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।