वीरगंज, १० साउन । नेपाल जनता पार्टीले साउन १० गते एक विज्ञप्ति जारी गरी नेपालमा हिन्दू राष्ट्र कायम गराउन जोड दिएको छ।
विगत तीन दिनदेखि नेपाल जनता पार्टीको हस्ताक्षर अभियान आज पनि जारी छ। हिन्दू राष्ट्रका लागि जनमत संग्रह गरियोस, गाइको हत्या, तथा तस्करीमाथि पूर्ण प्रतिबन्ध लगाइयोस्, धर्मान्तरण नै राष्ट्रान्तरण भएको कारण धर्मान्तरण गराउनेलाई कडा कारबाही गरियोस, अरू देशबाट आएका २० लाख इसाइ तथा मुसलमानहरूको नागरिकता खारेज गरियोस लगायतको मांग राखी हस्ताक्षर अभियान सात दिनसम्म जारी रहने नेपाल जनता पार्टी पर्साका अध्यक्ष विनोद चौरसियाले जनाएको छ। उनले हस्ताक्षर दान गरी अभियानलाई सघाउन आग्रह समेत गरेका छन्।

Comments
Post a Comment