धनुषा, २६ असार । प्रहरीमाथि गोली प्रहार गरेको आरोपमा हतियारसहित तीनजनालाइ सशस्त्र प्रहरी बेश क्याम्प नक्टाझिजले पक्राउ गरेको छ।
गए राति नक्टाझिज-१ नजिकै प्रहरीको गस्ती टोलीमाथी गोली प्रहार गर्ने सर्लाहीका सरोज कालीकोटे , धनुषा, महेन्द्रनगर-१ बस्ने वीरेन्द्र मुखिया, उदयपुर बस्ने राजु श्रेष्ठलाइ प्रहरीले चाइनिज पेस्तोल १ थान र ५ राउन्ड गोलीसहित प्रहरीले घेरा हाली पक्राउ गरेको हो। तीनैजनालाइ आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment