Skip to main content

माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकिदैन

काठमाडौं, साउन १५ । नवगठित मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नै नसकिने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लडाकुलाई समाजका अन्य निकायमा समायोजन गर्नुपर्ने बताए ।
'माओवादी लडाकुलाई नेपाली सेनामा प्रवेश गराउन हुन्न,' फोरम लोकतान्त्रिकका पदाधिाकरीसहित उपस्थित गच्छेदारले भने,'समायोजन भन्ने शब्दप्रति नै मेरो आपत्ती छ, लडाकुलाई सेनाबाहेकमा समायोजन हुनर्ुपर्छ ।' माओवादी लडाकु राजनीतिक रुपमा प्रशिक्षित भएकाले सेनामा प्रवेश दिन नमिल्ने तर्क गरे । सेना राष्ट्रिय स्वरुपको भएकाले त्यसमा खलबलिने कुनै पनि कदमप्रति आफ्नो र्समर्थन हुननसक्ने बताए । छापामारलाई समाजका अन्य निकायमा समायोजन गर्न सकेमात्र शान्ति प्रक्रियाले गति लिने बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले आफ्नो दलले वृहत लोकतान्त्रिक एकताका लागि महत्वपर्ूण्ा भूमिका खेल्ने बताए । वृहत लोकतान्त्रिक एकतामा लोकतन्त्रका पक्षधर गैरवामपन्थी र वामपन्थी शक्तिहरु हुने बताए । माओवादीलाई समेत वृहत लोकतान्त्रिक एकतामा आवद्ध हुने आग्रह गर्दै भने,'अहिलेको आवश्यकता भनेको वृहत लोकतान्त्रिक एकता हो, माओवादी समेत राजनीतिक मूलधारमा सहभागी हुनर्ुपर्छ ।' शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन सबैले वृहत एकताको आधार तय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
आफ्नो दल देशकै चौंथो ठूलो दल भएको दाबी गर्दै लोकतन्त्रलाई सुदृढ गरी संविधान निर्माण समयमै पूरा गर्न भूमिका खेल्ने बताए । उनले भने,'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र नयां संविधान लेखन पूरा गर्न प्रमुख भूमिका निभाउनेछौं ।' हाल फोरम लोकतान्त्रिकमा २९ जना सभासद र फोरम एक हुदाका १९ केन्द्रीय सदस्य रहेको दाबी गरे । पैसाको बलमा केन्द्रीय सदस्य र सभासद किनबेच गरेको उपेन्द्र यादवको आरोपबारे सोधिएको प्रश्नमा भने,'उपेन्द्रजीको आस्था डगमगाएको छ, हतास मानसिकतामा उहां जे पनि बोलिरहनुभएको छ ।' मधेशी जनताको अधिकारका लागि आन्दोलन गरेपनि अहिले आएर उपेन्द्र यादव विचलित भएको उनको आरोप थियो । मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन फोरम लोकतान्त्रिक सफल भएरै छाड्ने बताए । उपेन्द्र यादवले मधेशी जनतालाई ढाँटेको आरोप लगाउँदै समय आएपछि सबै कुरा खुलस्त हुने बताए । पार्टर्ीीत्र तानाशाह लादेपछि आफूहरुले आन्तरिक लोकतन्त्रको कुरा उठाउदै अवैधानिक ढंगले कारबाहीको कदम चालेको बताए । एक मधेश प्रदेशको पक्षमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने,'संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा र नेपाल सरकारसंग भएको ८ बुंदे सहमतिअनुसार मधेश स्वायत्त प्रदेशको पक्षमा छौं ।' मधेश स्वायत्त प्रदेश बनाएरै छाड्ने दाबी गरे ।
फोरम लोकतान्त्रिकले मधेशलाई आधार बनाएर राष्ट्रिय राजनीतिमा भूमिका निभाउने बताए । मधेशीको अधिकारलाई प्राथमिकतामा राख्दै सबै जाति, समुदाय, भाषा र क्षेत्रका जनताको अधिकारका लागि आवाज उठाउने स्पष्ट पारे ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिनुलाई गैरकानुनी ठहर गर्ने सर्वोच्च अदालतको फैसलाले मधेशी जनताको भावनााथि खेलवाड गरेको बताए । देशभित्र बोलिने कुनैपनि भाषामा सपथ लिन पाउनुपर्नेमा उनको जोड थियो । गच्छेदारले भने,'हिन्दी मात्र होइन देशभित्र बोलिने जुनसुकै भाषामा सपथ लिन पाउनर्ुपर्छ ।' सपथ विवाद राजनीतिक ढंगले या संविधान संशोधन गरी समाधान गर्न सकिने बताए ।
आफ्नो दलबाट एक हप्ताभित्र मन्त्री र राज्यमन्त्रीको नाम पठाइसक्ने बताए । नाम पठाउनेबारे केन्द्रीय समिति र संसदीय दलमा छलफल अगाडि बढाउन लागिएको उनको खुलासा थियो ।
सरकारले ल्याएको विशेष सुरक्षा कार्ययोजनाले शान्तिसुरक्षा सुदृढ गर्न अहं भूमिका खेल्ने दाबी गरे । तर्राईमा सक्रिय सशस्त्र समूहको राजनीतिक या गैरराजनीतिक पहिचानका आधारमा व्यवहार गरिने स्पष्ट पारे । उनले भने,'वार्ताबाटै समस्या समाधान गर्न सरकार तयार छ, तर राजनीतिक समूहसंग मात्र वार्ता हुनसक्छ ।' आपराधिक समूहमाथि कानुन बमोजिम कारबाही गरिने बताए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।