वीरगंज, १७ साउन । सवारी दुर्घटनामा घाइते भएकाको आफन्तजन र स्थानीयवासी तथा प्रहरीबीच आज वीरगंजको मुरली चोकमा भिषण झडप भएको छ। दिउंसो करिब ३ बजे भएको भिडन्तमा प्रहरीले दर्जनौं राउण्ड गोली प्रहार गरेको छ भने प्रतिउत्तरमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका छन्। घाइतेहरुको हालसम्म यकिन जानकारी प्राप्त भइसकेको छैन । दुवै पक्षबीच अहिले पनि दोहोरो झडप भइरहेको छ।
यसैगरी वीरगंज बन्द गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुरली चोकमा भिडन्त भएको थियो। आन्दोलनकारीले त्यहा रहेका दुइ सवारीसाधनमा तोडफोड गरेपछि प्रहरीले लाठीचार्ज गरेका छन्। घाइतेहरुको विस्तृत विवरण प्राप्त भइसकेको छैन।
वीरगंजको मुरली चोक, पावरहाउस लगायतको स्थान यतिबेला तनावग्रस्त छ, बांकी जानकारी केहीबेर पछि.........
Comments
Post a Comment