Skip to main content

भोलि सम्म माग पुरा नभए सरकार ढालीदिने माओवादीको चेतावनी

असार २२ , काठमाण्डौ। एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाशले भोलि सम्ममा आफ्नो दलसंग भएको सहमति कार्यान्वयन नभएमा सडक र सदनलाई अवरुद्ध पारेर सरकारलाई ढालीलिने चेतावनि दिनु भएको छ। रिपोर्र्टर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आगामी चौबिस घण्टामा हाम्रा माग पुरा नगरे आन्दोलनको आधिबेहरी सृजना गरेर मुलुक ठप्प पारिदिने बताउनुभयो।
उहाँले माग पुरा नभएमा पार्टीले तेस्रो जनआन्दोलन गर्ने बताउँदै माग पुरा गर्नकालागी अझै सत्तारुढ दलहरुलाई केहि समय बाकी रहेको बताउनु भएको छ। उपाध्यक्ष श्रेष्ठले राष्ट्रपतिले सेनापति प्रकरणमा चालेको अबैधानीक कदमलाई बैध ठहराउन संसदबादी पुराना दलहरुले गरेको प्रयासपनि माओबादीलाई आत्मर्समपण गराउने दिशाको प्रमुख षड्यन्त्र भएको उल्लेख गर्नु भएको छ। उहाले माओबादी आत्मर्समपण गर्न तयार नभएको र जनताका भावनालाई स्थापित गर्ने तर्फउन्मुख भएकाले पनि आन्दोलनमा जानु पर्ने बाध्यता आईपरेको बताउनु भयो। आफ्नो पार्टीलाई घेराबन्दीमा पारेर देशिबिदेशी प्रतिक्रान्तिकारीहरुले आत्मर्समपण गराउन खोजिरहेको उहाले दावि गर्नु भयो।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले माओबादीले गर्ने भनेको संसद र सडक संर्घष्ाको कुनै औचित्य नभएको बताउनु भयो। माओबादीको आन्दोलन नागरीक सर्बोच्चता , संबिधान र शान्ति प्रकृया विपरीत भएको भन्दै त्यसको कडाप्रतिबाद गर्ने बताउनुभयो। माओबादीको एक दलीय सर्बोच्चता आफ्नो दललाई स्विकार्य नहुने बताउदै डा. महतले भन्नु भयो , राष्टपति डा. रामबरणले चालेको कदम संबैधानीक छ , कानुन र संबिधान सम्मत छ। राष्टपतिकै कदमले लोकतन्त्र बचेको दावि गर्नु भयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।