(पोखरा साउन २३ गते)पोखरा उद्योग बाणिज्य संघ र याचडब्लुके माइन्स जर्मनको आयोजनामा आज देखि पोखराको प्रदर्शनी केन्द्रमा बृक्षारोपण गर्न सुरुवात गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य असोक पालिखेले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नू भएको हो ।वार्तावरणमा पर्न गएको प्रदुषणलाई न्युनिकरण गर्न तथा वातावरणलाई हराहरा बनाउन पोखराको प्रदशनी केन्द्रमा बृक्षारोपण गर्न लागेको संघका अध्यक्ष मानकाजी माकाजुले बताउनु भएको छ । आज मात्र असोकाका ५० वटा कल्कीका १५ र सफेदका १५ गरी जम्मा ८० वटा बिरुवा रोपिएको छ ।
पोखरा प्रदशनी केन्द्रको किनारामा करीब २ सय वटा बिरुवाहरु रोप्ने लक्ष्य भएको संघका महासचिब कृष्ण मोहन श्रेष्ठले
बताउनु भयो । बृक्षारोपण कार्यक्रंममा संघका पूर्व अध्यक्ष, सदस्य, तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पोखरा उपत्यका नगरविकास समितिसंग ३० बर्षको लागि भाडामा लिएकोले पोखरा उद्योग बाणिज्य संघले स्टेज निर्माण गरेको छ भने अब सचिवालय निर्माण गर्ने भएको छ त्यसैगरी सौचालयलाई ब्यबस्थीत गर्ने भएको छ ।

Comments
Post a Comment