वीरगंज, २६ साउन । अपहरणमा संलग्न रहेका दुइ अपहरणकारीलाइ दुइ सभासदको दबाबमा प्रहरीले छाडेको विरोधमा आज पर्साको गम्हरिया बासीले प्रदर्शन गर्दै वीरगंज बजारमा चक्काजाम तथा बन्द गराएका छन्।
आज बिहान देखि प्रदर्शनमा उत्रिएका गम्हरियाका स्थानीयवासीले वीरगंजको घण्टाघरमा चक्काजाम गर्दै वीरगंज बजार बन्द गराएका थिए। प्रदर्शनकारीले केही मोटरसाइकल र रिक्सामा समेत तोडफोड गरेका छन्।
गम्हरिया गाविस निवासी दरोगा साह कानुको अपहरण्ँमा संलग्नता रहेको आरोपमा प्रहरीले शनिवार पोखरिया-३ वनकटुवा निवासी विनोद साह कानु र सामजीवन कर्ुर्मीलाई पक्राउ गरेपछि एमालेका प्रद्युम्न चौहानको दबाबमा छाडिएपछि सो घटनाको विरोधमा गम्हरियाबासीले हिजो सांझदेखि नै प्रदर्शनमा उत्रिएको प्राप्त जानकारीमा उल्लेख छ।
स्थानीयबासीले दुवैजनालाइ पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन जारी रहने जनाएपछि आज बिहान प्रहरीले दुवैजनालाइ पक्राउ गरी पुन हिरासतमा लिएको प्राप्त जानकारीमा उल्लेख छ।
स्थानीयवासी र प्रशासनबीच अहिले जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको छ। वीरगंजमा नगरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

Comments
Post a Comment