फलोअप
वीरगंज, १७ साउन । पुन प्राप्त ताजा जानकारी अनुसार प्रदर्शनकारीको ढुंगा लागेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन्। घाइते प्रहरी जवानको नाम दिपेश नेपाली रहेको प्राप्त जानकारीमा उल्लेख छ।
प्रहरीले अहिलेसम्म सो स्थानमा २० राउन्ड भन्दा बढी गोली हवाइ फायर गरेको छ।
गत साउन ४ गते वीरगंजको बाइपास नजिकै भारतीय सीजी ०४ जेबी ४३६० नंंको ट्रकको ठक्करबाट बीरगंज ११ बस्ने जिबु श्रेष्ठ र वीरगंज १६ बस्ने प्रदीप साह कानू घाइते भएका थिए।
कानूको ललितपुरको बीएण्डबी अस्पतालमा उपचार पछि उनको दुवै खुट्टा काटिनु परेको थियो भने दुवैजना अस्पतालमा मै उपचार्रार्थ भर्ना छन्। दुवै अवस्था गम्भीर छ।
घटनाको क्षतिपूर्तिको मांग गर्दै प्रदशर्नकारीहरु आन्दोलनमा उत्रिएका हुन्।
Comments
Post a Comment