वीरगंज, २३ साउन । बालकलाइ अपहरण गरेको आरोपमा प्रहरीले दुइजनालाइ रंगेहात पक्राउ गरेको छ । आज बिहान पर्साको मसिहानीबाट अपहरित बालक राहुलकुमार सोनारसहित अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले मसिहानी- ६ बस्ने दिना सहनी र सुर्जाहा-८ बस्ने जोखु सहनीलाइ पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ ।
बालकका पिता वीरगंज निवासी गोपालप्रसाद सोनार सहित इलाका प्रहरी कार्यालय पोखरियाबाट खटि गएको प्रहरीले टोलीले मदुअवा गाउंमा पुगेर घरमा छापामारी गरिएपछि बालक मात्र फेला परेको थियो। छापामारीको क्रममा ती दुवैलाइ प्रहरीले पक्राउ गरेको र द्वयको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment