Skip to main content

राष्ट्रपतिको कदम सच्याउनुपर्ने मागमा कुनै सम्झौता नहुने, आन्दोलन जनविद्रोहमा परीणत हुन सक्ने चेतावनि

राष्ट्रपतिको कदम सच्याउनुपर्ने मागमा कुनै सम्झौता नहुने, आन्दोलन जनविद्रोहमा परीणत हुन सक्ने चेतावनि
पोखरा साउन २३
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि शुरु हुने माओवादी आन्दोलन जनविद्रोहमा परीणत हुने चेतावनि दिनु भएको छ । नागरीक सर्वोच्चताको विषयमा उठाएको मागको बारेमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमको विषयमा सदनमा छलफल गरौं भन्ने सामान्य कुरा नमानेर देशमा मुठभेड निम्त्याउन खोजिएको बताउनु भयो ।
आज पोखरामा माओवादी तमुवान राज्य समितिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिनुभयो । "माओवादी आन्दोलन शान्तिपूर्ण र जनतालाई दुःख नदिने प्रकृतिका छन्" उहाँले भन्नुभयो : "यही आन्दोलनलाई जनताले जनव्रि्रोहमा परीणत पनि गर्न सक्छन् ।"
प्रचण्डले आफु फेरी जनसेनाको सुप्रिम कमाण्डर भएको, माओवादीले स्थानिय सत्ता बिउँझाएको लगाएताका झुट्टा कुराको हल्ला चालाएर माओवादीलाई फेरी युद्धमा फर्काउने षडयन्त्र भईरहेको भन्दै माओवादीले त्यस्तो षडयन्त्रलाई असफल पार्ने दावि गर्नुभयो । नागरीक सर्वोच्चताको विषयलाई सामान्य अर्थमा हेर्न नहुने बताउँदै प्रचण्डले नागरीक सर्वोच्चता कायम नभएसम्म संविधान नलेखिने खतरा बढ्ने समेत बताउनु भयो ।
प्रधानसेनापतीलाई कारबाहि गर्ने निर्णय विरुद्ध राष्ट्रपतिले चालेको कदमको विषयमा संसदमा बहस गर्ने वातावरण मिलाएमा, भोटिङ भएमा आफुहरुको प्रस्ताव अल्पमतमा परेपनि स्विकार्य हुने उहाँको धारणा थियो । माओवादी आन्दोलनको बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल, पूव प्रधानमन्त्री सूर्यबहादुर थापा र उपप्रधानमन्त्री विजयकुमार गच्छदारबाट आएका अभिव्यक्तिहरुप्रति प्रचण्डले आपत्ति प्रकट गर्नुभयो ।
"माओवादीको बारेमा अब सोच्नै पर्छ भन्ने प्रधानमन्त्रीको भनाई व्यक्तिगत हैन आकाशवाणि हो ।" अध्यक्ष प्रचण्डले भन्नुभयोः "उहाँले सबै कुरा आकाशवाणिमा जे आउँछ, त्यही भन्नुहुन्छ ।" राजनीतिक सहमति कायम गर्ने संयन्त्र निर्माण गर्ने काम कांग्रेस सभापति कोईरालाकै कारण ओझेलमा परेको उहाँको भनाई थियो । कोईरालाले संयन्त्रको संयोजकमा परराष्ट्रमन्त्री सुजाता कोईरालालाई राखौं भनेपछि त्यसले गति लिन नसकेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमै माओवादीका वरीष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले माओवादी नेतृत्व एक ढिक्का भएको बताउँदै जनताको संविधान निर्माण गर्ने दिशामा माओवादी अगाडी बढ्ने बताउनु भयो । अर्का वरीष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीले आन्दोलन फिर्ता लिने कुनै संभावना नरहेको बताउनु भयो । नागरीक सर्वोच्चताको विषयमा अब माओवादीले कसैसंग सम्झौता गरेर अगाडी वढ्न नसक्ने स्पष्ट पार्दै उपाध्यक्ष भट्टराईले वैशाख देखि नै माओवादीले आन्दोलन स्थगित गरेर सहमतिको बाटो खोजेकोले अब आन्दोलन स्थगित हुन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता तमुवान राज्य समितिका संयोजक हितराज पाण्डे उत्तमले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।