Skip to main content

कोइरालको नेतृत्वमा एक हप्ताभित्र संयन्त्र बन्छ-कांग्रेस

शान्ति प्रक्रियामा नयां सहभागिता अनिवार्य-राप्रपा अध्यक्ष राणा
काठमाडौं, साउन १८। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले एक हप्ताभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपमला बोल्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बन्ने संयन्त्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायत सबै दलका शिर्षनेताहरु सहभागी हुने बताए।
'एक हप्ताभित्र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संयन्त्र बन्छ,' श्रेष्ठले भने,'शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन संयन्त्र सफल हुनेछ।' संयन्त्र विशुद्ध रुपमा संविधान निर्माण र शान्ति प्रक्रियामा केन्द्रित हुने स्पष्ट पारे। लडाकु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो। समयमै शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन सहमति बनाउन संयन्त्र निर्माण गर्न लागिएको बताए। संयन्त्रकै नेतृत्वमा देशले राजनीतिक निकास पाउने बताए। माओवादी समितिमा आउंछ भन्ने प्रश्नमा उनले भने,'संयन्त्रमा माओवादी आउँछ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपति शमशेर राणाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणले शान्ति प्रक्रियाका नयां सहभागिताको शुरुवात गर्ने भएकाले आशा गर्ने ठाउँ रहेको बताए। विगतमा भन्दा भिन्न ढंगले सहमतिको नयां शिरा प्रारम्भ हुने बताए। 'शान्ति प्रक्रियामा नयां सहभागिता खोजिएको छ,' राणाले भने,'विगतमा जस्तो सात दल र माओवादी मात्र भनेर जाने अवस्था छैन।' शक्तिहरु बदललिएकाले शान्ति प्रक्रियामा नयां भूमिका र सहभागिता अनिवार्य भएको बताए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संयन्त्रको नेतृत्व गर्ने भएबाट आशा गर्ने ठाउँहरु रहेको बताए। कोइरालाको नेतृत्वमा बन्ने संयन्त्रले शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउनसक्नेमा विश्वास रहेको बताए। यद्यपि संयन्त्र निर्माणका लागि आफूहरुसंग छलफल नभएको भन्दै आपत्ती जनाए। पुराना सहमतिहरु कार्यान्वयन नभएको बरु उल्टै सहमति उल्लंघन भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताए। शान्तिसुरक्षा सुदृढ गर्न सरकारले ल्याएको सुरक्षा कार्यनीतिबाट आशा पलाएको बताए। यद्यपि कार्यान्वयन मुख्य भएकाले हर्ेन बाँकी रहेको बताए। अपराधिलाई राजनीतिक संरक्षण दिने परम्परा तत्काल अन्त गर्नुपर्ने बताए।
नेकपा मालेका महासचिव सीपी मैनालीले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा आफूहरुलाई बेवास्ता गरेको भन्दै आपत्ती जनाए। ठूला दलको नाममा तीन दलले अन्य दललाई वाइपास गरेको टिप्पणी गर्दै भने,'सानो ठूलो भनेर बेवास्ता गर्ने कामले कसैको हित गर्दैन।' संयन्त्र निर्माण प्रक्रिया बढाउनु अघि र्सवदलीय बैठक डाक्नुपर्नेमा नडाकिएकोमा असन्तुष्टि पोखे। यद्यपि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संयन्त्रको नेतृत्व गरेमा आफूहरुका लागि स्वागतयोग्य हुने बताए। एक अर्को प्रसंगमा उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएकोमा सर्वोच्चले गरेको फैसला अनुरुप प्रक्रिया अगाडि बढ्नुपर्ने बताए। कानुनका पालक र संरक्षकलेनै उल्लंघन गरेर पालना नगरेबाट गलत सन्देश जाने बताए।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जीतेन्द्र देवले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा आफूहरुको भूमिकाको बेवास्ता भएको भन्दै असन्तुष्टि पोखे। ठूला दलले आफै निर्ण्र्ाागरेर आफूहरुलाई साक्षीका रुपमा हस्ताक्षर गराउन खोजेको बताए। उनले भने,'ठूला दलले एकलौटी निर्ण्र्ाागरेर हामीलाई साक्षी बनाउन खोजेका छन्।' संयन्त्र निर्माण स्वागतयोग्य भएको बताउदै शान्ति प्रक्रियामा रहेका चुनौती र भविष्यका जटिलतालाई ख्याल गरेर निर्ण्र्ााा पुग्नुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक संयन्त्र निर्माणमा शर्त राख्न नपाइने बताए। माओवादीले शर्त राखेर आफ्नो कुरा लाद्न खोजेको आरोप लगाउदै भने,'पहिलै शर्त राख्नेभए राजनीतिक संयन्त्रको कुनै अर्थ रहदैन।' देशमा उत्पन्न राजनीतिक मतभेद अन्त गरी शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन संयन्त्रको कार्यनीति बन्नुपर्ने जोड दिए। संविधान बन्न नदिने खेल भइरहेको भन्दै सचेत हुन आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताबाटै शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्ने बताए। दलहरुलाई आ आफ्नो स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।