Skip to main content

स्वीस राजदूत थोमस गेसले भने

काठमाडौँ १२ भदौ । नेपालका लागि स्वीस राजदूत थोमस गेसले नेपालका सीमान्तीकृत अल्पसंख्यक तथा पिछडिएका जाति क्षेत्रलाई सम्बोधन गर्ने गरी संघीयताको निर्धारण गर्न सुझाब दिएका छन् । रिपोर्टस्र क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत गेसले नेपालको संघीयता नेपाली आधारमा नै निर्धारण हुनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

ुस्वीटजरल्याण्डको आफ्नैं लामो इतिहास छ र त्यहाँको संघीयताको विशेषता पनि आफ्नै छ नेपालमा त्यही हुबहु नक्कल गर्नुपर्छ भन्ने हैन यहीको आवश्यकताका आधारमा संघीयताको निर्धारण गर्दा उपयुक्त हुन्छु नेपालमा यसैबर्षको १७ अगस्टमा दुताबास स्थापना भएपछि पहिलोपटक साचारकर्मी माझ प्रस्तुत भएका राजदूत गेसले भने । स्वीटजरल्याण्डको तुलनामा नेपालको सामाजीक सांस्कृति र जातीय मुद्दाहरु जटिल रहेको उल्ल्ोख गर्दै राजदूतले गेसले भने ुनेपालमा बढीभन्दा बढी सीमान्तीकृत अल्पसंख्यक पिछडिएका जाति समुदायको अधिकार स्थापित गर्ने गरी केन्द्र र तल्लो निकायलाई सम्बोधन गरेर संघीयताको निक्र्यौल गर्नु उपयुक्त हुन्छ ।ु

राजदूत गेसले केन्द्र र स्थानीय निकायमा नियन्त्रण र सन्तुलनको संयन्त्र मजबुत बनाउनुपर्ने उल्लेख गरे र दुबैमा सत प्रतिशत अधिकार दिनु उपयुक्त नहुने पनि सुझाब दिए । तर स्थानीय प्रान्तहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको धारणा थियो । तर संघीयताको मोडल कस्तो हुनेभन्ने कुराको निर्णय नेपालीहरु स्वयम्ले गर्ने विश्वास पनि राजदूत गेसले व्यक्त गरे ।

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै राजदूत गेसले नेपालमा लगानी गर्न आफ्नो देश इच्छुक रहेको तर लगानीको सुरक्षाका लागि शान्ति सुनिश्चित हुनुपर्ने बताए । उनले शान्ति र विकास एकैसाथ जाने र लगानीका लागि सुरक्षाको यथोचित वातावरण बन्नुपर्नेमा पनि जोड दिएका थिए । उनले शान्ति प्रकि्रयाको भविश्यका आधारमा स्वीटजरल्याण्डले नेपालको पूर्वाधार पर्यटन तथा जलस्रोतको क्षेत्रमा लगानी गर्ने स्पष्ट पारे । ुनेपालको पर्यटन जलविद्युत पूर्वाधारको क्षेत्रमा भविश्यमा हामी लगानी गर्छौँ तर त्यसका लागि शान्ति सुरक्षाको सुनिश्चितता महत्वपूर्ण छ ।ु

स्वीस विकास नियोगका शान्ति सल्लाहकार मार्कोस ह्यारिकले नेपाली संघीयताका लागि मिश्रीत आधार आवश्यक रहेको बताए । संघीयताको आधार नेपाली विशेषतालाई सम्बोधन गर्ने गरी तयार गर्नुपर्ने उनको सुझाब थियो । नेपाललाई आवश्यक परेमा स्वीटजरल्याण्डको संघीयताको अभ्यासका बारेमा विज्ञहरुलाई बोलाएर जानकारी दिन सकिने उनको भनाई थियो ।

नियोगका सहायता प्रमुख एलीजावेथ भन कापेलरले ओखलढुंगा लगायतका ग्रँमीण जिल्लाहरुमा सहयोग गरिरहेको जानकारी दिइन् । उनले स्थानीय निकायहरुको उपेक्षा नै नेपालमा विकासका लागि बाधक भएको उल्लेख गर्दै अब स्थानीय निकायलाई सशक्त बनाइनुपर्ने र उनीहरुलाई समबोधन गर्नुपर्ने पनि सुझाब दिइन् ।

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले स्वीस सरकारले नेपालको शान्ति प्रकि्रया तथा विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले राजदूत गेसको नेपाल बसाई सफल र फलदायी हुने पनि विश्वास व्यक्त गरे ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।