वीरगंज १२ भदौ । चिकित्सकलाई कुटपिट गरेको विरोधमा वीरगंजका सम्पूर्ण चिकित्सक डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
आज निजी तथा सरकारी अस्पतालको इमर्जेन्सी तथा बहिरंग सेवा अनिश्चितकालको लागि ठप्प पार्दै चिकित्सकले दोषीलाई कारबाहीको मांग गरेका हुन्।
छपकैया-२ का राजदेव चौरसियाले आफनो छोरालाइ उपचारको लागि नाउक्षँे अस्पताल ल्याउंदा चिकित्सक पप्पु जैसवालले विरामीको उपचारमा लापरवाही गरेपछि चौरसिया लगायतले उनलाइ कुटपिट गरेका हुन्।
घटनाको विरोध गर्दै वीरगंज भरिका चिकित्सकहरु डाक्टरहरुले आफनो निजी क्लिनिक पनि बन्द गरेपछि विरामीहरु मर्कामा परेका छन्।
Comments
Post a Comment