बारा, ९ भदौ . राजमार्ग खुलाउने क्रममा क्रसर मजदुर र प्रहरीवीचको सोमबारको झडपछि तनावग्रस्त बनेको अमलेखगन्जको स्थिती मंगलबारबाट केही सामान्य भएको छ। सोमबार साँझबाट अवरुद्ध राजमार्ग २० घन्टापछि मंगलबार दिउसो १ बजेपछि संचालनमा आएको छ।
यात्रुहरुको समस्यालाई ध्यानमा राखेर भोलि बिहान १० बजेसम्मका लागि चक्काजाम फिर्ता लिएको नारायण्ँी रोडा उद्योग सङघका अध्य मदन मरासिनीले जानकारी दिनु भयो । प्रहरीले वस्तीमा पसेर महिला र बालबालिकालाई कुटपिट गरेको विरोधमा त्रिभुवन राजपथ अन्तर्गत बाराको अमलेखगन्जमा स्थानीयवासिन्दाले बाटो अवरुद्ध पारेका थिए । प्रहरीलाई कार्वाहीको माग गर्दै उनीहरुले प्रर्दशन सहित आज बिहान आठ बजेदेखि चक्काजाम गरेका थिए ।

Comments
Post a Comment