वीरगंज १२ भदौ । सर्वोच्च अदालतद्वारा उपराष्ट्रपतिको शपथ प्रकरणमा गरिएको विवादस्पद निर्णयको विरुद्धमा सर्वोच्च अदालत अगाडी धर्ना दिने सदभावना कार्यकर्तामाथि प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेको घटनाप्रति सदभावनाका सह महासचिव मनिषकुमार सुमनले आज एक प्रेस विज्ञप्ति जारी गरी निन्दा गरेको छ।
विज्ञप्तिमा सद्भावना पार्टीका भातृ संगठन विद्यार्थी मंचका महासचिव-रामेश्वर यादव केन्द्रीय सदस्य तथा पशुपति क्याम्पसक इकाई अध्यक्ष-बच्चा साह विजय साह सरोज यादव मंचका उपत्यका सचिव श्यामबाबु साह त्रिचन्द्र कलेजका सचिव मुकेश यादव पशुपति क्याम्पसका सचिव रंजित कुमार यादव पाटन संयुक्त क्याम्पसको शेष मुस्तफा कृष्ण महतो लगायत विभिन्न विद्यार्थी तथा अन्य मधेशवादी विद्यार्थी संगठनका छात्र साथीहरुलाई गिरफतार गरिएको घटनाप्रति भत्सना गर्दै गिरफतार सम्पूर्ण आन्दोलनकारीलाई अबिलम्ब रिहा गर्न सरकारसंग जोडदार मांग गरेको छ। साथै अविलम्व संविधान संसोधन गरी देशका सवै भाषाभाषीहरुको भाषिक अधिकार स्थापित हुन सक्ने वातावरण बनाउन सम्वन्धित सवै संग सद्भावना पार्टी विशेष आग्रह गर्दछ उल्लेख छ।
Comments
Post a Comment