वीरगंज ७ भदौ । बांके नेपालगंजका २५ वर्षीय युवा समर िसंह सरदार अहिले प्रहरी सेवामा छन्। २०५९ सालदेखि प्रहरी सेवामा लागेका समर िसंह सरदार काठमाडौं पिलुवा बारा हुंदै हाल साउन २५ गते देखि जितपुरमा कार्यरत छन् ।
पिता स्व। श्रीदेवी िसंह सरदार पनि नेपाल प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो। आपुनो पिताबाट प्रेरित भएर प्रहरी सेवामा आएका बताउनुहुन्छ समर िसंह। उहांका तीनैजना दाजुभाइ नेपाल प्रहरीमा कार्यरत छन्। उनको परिवारमा तीनजना दिदी बहिनी आमा श्रीमती छन्।
आपुना छोराहरु प्रहरी सेवामा लागेको देखेर उनका परिवारले गर्वले महसुस गर्दै आएका छन्। समरिसंह सरदार हाल श्री सशस्त्र प्रहरी सुरक्षु वेश क्याम्प जीतपुर बारामा प्रहरी हवल्दारको रुपमा कार्यरत छन्। उहांका पुर्खाहरु भारतको पंजाबबाट आएको बताउनुहुने समरिसंह सरदारको बाजे र बुवाको भने नेपालमै जन्म भएको हो। नेपालको वंशज नागरिक हुनुहुन्छ। अहिलेसम्म सरदार पंजाबी हरु प्रहरी सेवामा नेपाल सशस्त्र प्रहरीमा करिब २५ जना र जनपथ प्रहरीमा करिब ४० जना कार्यरत छन्। अहिले नेपलमा प्रहरी सेवामा सरदार पंजाबी हरुको झुकाव भएको देखिन आएको छ।
Comments
Post a Comment