पोखरा, साउन २३ । झाडापखाला नियन्त्रण तथा अनुगमन का लागी मध्यपश्चिम का
जिल्ला हरु को भ्रमण मा निस्किएका स्वास्थ मन्त्री उमाकान्त चौधरी सहित को टोली पोखरा बिमानस्थल मा बिहिबार देखी अत्रपत्र परेको छ । बिहिबार मध्यन्न सो टोली पोखरा बिमानस्थल मा इन्धन भर्न उत्रिए लगत्तै प्रतिकुल मौसम का कारण हेलिकप्टर उडन सकेन । सो टोली मा कांग्रेस संसदिय दल का नेता रामचन्द्र पौडेल,एनेकपा माओबादी का पोलिटब्युरो सदस्य खडग बहादुर बिश्वकर्मा,नेकपा एमाले नेता रामनाथ ढकाल ,राजधानी बाट ल्याइएका पत्रकार हरु को टोली सहित २२ जना रहेको छ ।
यसै बिच स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले विगत सरकारको त्रुटीका कारण झाडापखाला महामारीका रुपमा फैलिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल कास्की ले पोखरा मा आयोजना गरेकोे साक्षात्कारमा बोल्दै मध्यपश्चिममा झाडापखाला देखिएलगत्तै आवश्यक कदम नचाल्दा फैलन पाएको बताएका हुन् । 'झाडापखाला शुरु हुदा यो सरकार बनेकै थिएन,' सरकार झाडापखाला रोक्न गम्भीर नभएको प्रश्नमा भने,'रोग शुरु भएको थाहा हुादा बेवास्ता हुादा महामारी बन्यो ।' वर्तमान सरकार रोग प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा लिन सक्रिय रहेको बताए । मृतकका परिवार र रोग लागेकाहरुलाई उचित राहत दिन लागिएको जानकारी गराए । रोग नियन्त्रणका लागि सबै संयन्त्र प्रभावकारी रुपमा प्रयोग भइरहेको बताए ।

Comments
Post a Comment