-सुभाषप्रसाद साह-
बारा ७ भदौ । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घआयुको काम गर्दै तथा
अविवाहित महिलाहरुले सुयोग्य पति पाउँने कामना गर्दै मनाईरहेका तीज
आईतबार तेस्रो लिङ्गीहरुले पनि बाराको सदरमुकाम कलैयामा धुमधामका साथ
मनाएका छन् ।

अरु महिलाहरु जस्तै हामिले पनि आफ्ना पतिको दिर्घआयुको काम तथा सुयोग्य
पतिको लागि तीज मनाएको आयोजक संस्था निल हिरा समाज बाराका कार्यक्रम
अधिकृत पुष्पा लामाले बताईन ।

निल हिरा समाजको आयोजनामा भएको सो तीज बिशेष कार्यक्रममा बारा पसा्र
रौतहट चितवन मकवानपुर काठमाडौं लगाएत जिल्लाका सयौंको संख्यामा रहेका
तेस्रो लिङ्गीहरु एकै साथ नाचगान गरेर तीज धुमधामकासंग मनाएका हुन ।
नाचगान गर्नु अघि उनीहरुले कलैया स्थित सिद्धेश्वर मन्दिरमा गई भगवान
शिवको पुजाअर्चाना गरेका थिए ।

उनीहरुले आयोजना गरेको नाचगान बिशेष कार्यक्रम हेर्नको लागि भिडैभिड
लागेको थियो । कतिपय मान्छेहरु घरको छतबाट पनि हेरीरहेका थिए । तर केही
बेर बिधुत गए पछि खल्लो महसुश गरेका थिए दर्शक तथा आयोजकहरुले ।

अब बन्ने नयाँ संबिधानमा तेस्रो लिङ्गीहरुको अधिकार सुनिश्चित हुनुपर्ने
बिभेदकारी कानुनहरु खरेज गरी समलिङ्गी जस्तै तेस्रो लिङ्गीहरुलाई समान
अधिकार दिनुपर्ने आफ्नो पहिचानको आधारमा नागरिक्ता पाउँनु पर्ने लगाएतका
माग गर्दै निल हिरा समाजले आन्दोलन गर्दै आएको छ ।

श्यामबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो तीज बिशेष कार्यक्रममा सन्धया
लामा जटाशंकर साह मिनाक्षी चौधरी बन्दना चौधरी बिजेन्द्र चौधरी पत्रकार
राकेश पाण्डे सुजित अर्याल लगाएतका बक्ताहरुले समलिङ्गी जस्तै तेस्रो
लिङ्गीहरुलाई पनि अधिकार दिनु पर्नेमा जोड दिएका थिए ।

Comments
Post a Comment