Skip to main content

तराइमा चारवटा प्रदेश

वीरगंज ७ भदौ । थारु कल्याणकारिणी सभा केन्द्रय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी तराईमा चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत भएको जनाएको छ। सो विज्ञप्तिमा सो अवधारणालाई थारु समुदायका राजनीतिक नेता तथा बुद्धिजिवीहरुले समेत समर्थन गरेका छन् । तराईमा प्रदेश निर्धारणको तरिका विषयक कार्यक्रममा सभासद महेश चौधरी र बुद्धिजीवी ज्योति दनुवारले तराईमा चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको हो । उहाँहरुले प्रस्तुत गरेको अवधारणामा पूर्वमा कोचिला या औल थरुहट प्रदेश जनक या गढीमाई प्रदेश लुम्बिनी प्रदेश र थरुहट प्रदेशको अवधारणा प्रस्तुत गर्नुभएको हो । यो अवधारणाले एक मधेश एक प्रदेशको एकात्मकवादी तथा तराईका सम्पूर्ण आदिवासी समुदायलाई मधेसी नेताहरुको कमैया बनाउने अभियानलाई समाप्त पार्ने विचार उहाँहरुले राख्नुभएको थियो । उहाँहरुको अवधारणालाई समर्थन गर्दै सभासद नारदमुनी राना थारु नेपाली कांग्रेस केन्द्रिय सदस्य पदमनारायण चौधरी पूर्व सांसदद्धय ब्रम्हनारायण चौधरी र दुर्याेधन चौधरी लगायतकाले समर्थन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा अधिवक्ता प्रदीप राजवंशी र ताजपुरिया कल्याण समाजका अध्यक्ष नित्यानन्द ताजपुरियाले तराईमा मधेशी एकात्मकवादका विरुद्ध बहुप्रदेश बनाइनुपर्ने विचार राख्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले समग्र तराईलाई मधेशको नाममा या थरुहट प्रदेशको नाममा एउटै प्रदेश बनाइयो भने त्यहाँ मधेसी समुदायलाई मात्रै फाइदा हुने विचार राखेका थिए ।

कार्यक्रमको सभापतित्व थारु कल्याणकारिणी सभाका अध्यक्ष अष्टभुजा चौधरीले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।