Skip to main content

प्रधानमन्त्रीको भारत भ्रमणमा वीउवासंघको सहभागिता

वीरगंज, ७ भदौ .प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा गत भदौ २ गतेदेखि ६ गतेसम्म भएको मित्र राष्ट्र भारतको सद्भावना भ्रमणमा सहभागी रहनु भएका वीउवासंघका उपाध्यक्ष अशोक बैध आज वीरगंज फर्कनु भएको छ ।

प्रधानमन्त्री नेपालको सद्भावना भ्रमणका सम्बन्धमा आज उहाँसँग भएको संक्षिप्त कुराकानीमा सम्पन्न वाणिज्य सन्धी र दुई पक्षीय आर्थिक सम्बन्ध विस्तारका दिशामा भ्रमण उपलब्धीमूलक भएको धारणा उपाध्यक्ष बैधले व्यक्त गर्नुभयो ।

विशेष गरेर सन् १९९६ को वाणिज्य सन्धीको मर्म र भावना अनुरुप नै यस पटक सम्पन्न भएको वाणिज्य सन्धीले नेपालको उद्योग व्यापारको प्रबद्र्धन र विकासमा ठूलो टेवा पुग्ने विश्वास निजी क्षेत्रले राखेको कुरा बैधले एक भेटमा बताउनुभयो । उहाँले वीउवासंघले पटक-पटक उठाउँदै आएको औद्योगिक मेशिनरी र उपकरण मर्मत सम्भार गर्न भारततर्फ पठाउन हालको झन्झटिलो व्यवस्थालाई सजिलो बनाउने माग यस पटकको सन्धीमा समाविष्ट गरिएको छ जुन उद्योगी व्यापारीका लागि अत्यन्तै सकारात्मक रहेको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा मित्र राष्ट्र भारतले देखाएको गहिरो चासो सद्भाव र आतिथ्यता अत्यन्तै प्रशंसनीय रहेको र दुवै देशका निजी क्षेत्रबीच मुम्बईमा भएको आर्थिक लगानी विस्तार सम्बन्धी छलफलले समेत भारतीय लगानी स्वदेश भित्रिन सक्ने प्रबल सम्भावना रहेको कुरा श्री बैधले भेटका क्रममा बताउनुभएको छ ।

उहाँका अनुसार भारतले प्रधानमन्त्रीको भ्रमणलाई उच्च प्राथमिकतामा राख्दै हुलाकी सडक निर्माण लगायत अन्य विकास निर्माणका लागि ३२ अर्बको सहयोग गरेको समेत बताउनु भएको छ ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।