Skip to main content

नयाँ दिल्लीमा नेपाली लोकतन्त्रको जात्रा देखाइएको छ- दीनानाथ शर्मा

काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सह-महामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले परराष्ट्र मन्त्री सुजाता कोइराला प्रधानमन्त्री माधवकुमार नेपालसंग भारत भ्रमण नगएकोबारे पार्टीको केन्द्रीय समिति बैठकमा छलफल भएको भएपनि उहांलाई सरकारबाट फिर्ता नै बोलाउने विषयमा भने कुरा नउठेको स्पष्ट पार्नु भएको छ।

रिपोटस्र क्लव नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले कसैलाई उपप्रधानमन्त्री बनाउने कुरा पार्टीमा संस्थागत रुपमा नआएको भन्दै आन्तरिक यस्ता कुरा भएको भए आपुूलाई थाहा नभएको प्रष्ट पार्नुभयो।

ूकुनैपनि निर्णय संस्थागत हुनु पर्दछ भूमिगत रुपमा गरिने निर्णय मान्य हुंदैनू केसीको भनाइ थियो।

प्रधानमन्त्रीको भारतको प्रसंगमा केसीले परराष्ट्र मन्त्री नगएपनि भारत भ्रमण सफल देखिएको बताउनु भयो।

कार्यक्रमका अर्का वक्ता नेकपा एमालेका सचिव युवराज ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुइ देशबीच रहेका कतिपय असमझदारी र अन्यौललाई चिर्ने काम गरेको भन्दै प्रधानमन्त्री कुनै विवादास्पद सन्धी सम्झौता गर्न भारत नगएको स्पष्ट पार्नुभयो। उहांले नेपालका विभिन्न आयोजनाका लागि ३२ अर्ब रुपैयाँको सहयोग आउनु र बाणिज्य सन्धी नविकरण हुने प्रकि्रया अगाडि बढ्नु भ्रमणका सकारात्मक पक्ष हुन भन्नुभयो। परराष्ट्र मन्त्री सुजाता कोइराला प्रधानमन्त्रीसंग भारत नजानुले नेकपा एमाललाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो।

यस्तै प्रमुख विपक्षी दल एकिकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्री नेपालले भारतमा गएर एकिकृत माओवादीका विषयमा अनावश्यक टिप्पणी गरेको आरोप लगाउँदै कुनै दलको चरित्र सुधार्न विदेशीसंग हारगुहार गर्नु हदै सम्मको अनैतिक र अलोकतान्त्रिक काम भएको जिकिर गर्नुभयो। प्रधानमन्त्रीसंग गएका मन्त्रीहरुको कि्रयाकलापले मुलुकको बेइज्जत गरेको र नयाँ दिल्लीमा नेपाली लोकतन्त्रको जात्रा देखिएको उहांको आरोप थियो। भारतले नेपालसंगको सन्धी सम्झौतमा नेपालको हीत गरिदिन्छ भन्ने ठान्न नहुने भन्दै नेता शर्माले १९९६ को बाणिज्य सन्धीमा टेकेर सन्धी नविकरण गरिए त्यो सकारात्मक नै हुने बताउनु भयो। उहांले भारत भ्रमणबारे विस्तृत कुरा बाहिर आएपछि मात्रै आपुनो पार्टीले गुण दोषका आधारमा टिप्पणी गर्ने बताउनु भयो।

कार्यक्रमका अर्का वक्ता सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल ले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुइ देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको र भ्रमण समग्रमा सफल देखिएको बताउनु भयो। नेपालको सवै भन्दा नजिकको र सदियौं पुरानो सम्बन्ध भएको भारतले नेपालमा शान्ति र स्थायित्त चाहेको यो भ्रमणबाट पनि प्रष्ट भएको उहांको भनाइ थियो। भारतीय प्रधानमन्त्री मनमोहन िसंहले नेपालको शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन देखाउनु भएको चासोले पनि यो पुष्टी भएको नेता कर्णले बताउनु भयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।