वीरगंज, १८ साउन । अज्ञात व्यक्तिले स्कूले बसमाथि ढुंगा प्रहार गरेर तोडफोड गरेका छन्। आज बिहान मुरली चोकमा डिएभी स्कूलको ना २ ख ८४८१ नम्बरको स्कूले बसमा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका हुन्।
यसअघि दुर्घटनामा घाइते भएका प्रदीप साह कानूका परिवारजन तथा स्थानीयवासीले अनिश्चितकालीन बन्दको आह्वान गरेपछि हिजो भिषण झडप भएको थियो भने कयौं राउन्ड हवाइ फायर भएको थियो। बन्दबाट आज कुनै अप्रिय घटना तथा कुनै असर नभए पनि फाटफुट प्रदर्शनकारीले ढुंगा प्रहार गरी बसमा क्षति पुर्याएको हुनसक्ने प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment