पोखरा, साउन २२। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले भोलिबाट गर्ने भनेको आन्दोलन बेमौसमको बाजा भएको टिप्पणी गरे। रिपोर्र्टर्स क्लब कास्की शाखाले पोखरामा गरेको साक्षात्कारमा बोल्दै सहमति खोज्नुपर्ने बेलामा आन्दोलनको कुरा गरेर लोकतन्त्रमाथि चुनौती दिन खोजेको ताए।
माओवादीले लोकतान्त्रिक मूल्य मान्यतालाई त्याग्न खोजेको आरोप लगाए। माओवादी अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सुप्रिम कमाण्डर बन्न खोजेर लोकतान्त्रिक मूल्य मान्यता त्याग्न खोजेको टिप्पणी गरेका हुन्। 'प्रचण्डजी जनसेनाको सुप्रिम कमाण्डर बन्दैहुनुहुन्छ,' कांग्रेस उपसभापति समेत रहेका पौडेलले भने,'सुप्रिम कमाण्डर बने लोकतान्त्रिक मूल्य मान्यता छाडेको ठहरिनेछ।' माओवादी गतिविधि अझै अलोकतान्त्रिक रहेको भन्दै तत्काल हिंसा छाड्न आग्रह गरे।

Comments
Post a Comment