काठमाडौं, साउन २२। उद्योगमन्त्री महेन्द्र राय यादवले औद्योगिक सुरक्षा बल निर्माणका लागि सरकार सक्रिय रहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सुरक्षा बलको कार्ययोजनाबारे गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा कार्यनीति बनिरहेको बताएका हुन्।
'उद्योग धन्दा बन्द हुन नदिने र उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकारले सुरक्षा बल बनाउन लागेको हो,' मन्त्री यादवले भने,'सुरक्षामा सरकार कसैसंग सम्झौता गर्दैन।' उद्योगहरु लगातार बन्द हुदा अर्थतन्त्रमा ठूलो नोक्शानी परेको उल्लेख गर्दै औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषित गर्नुपर्नेमा जोड दिए। बालाजु औद्योगिक क्षेत्र बन्द भएबाट सरकार चिन्तित भएको बताए।

Comments
Post a Comment