वीरगंज, १७ साउन । नेपाल पत्रकार महासंघका सदस्य एवं नेपाल प्रेस युनियन पर्साका अध्यक्ष काशीनाथ यादवको वीरगंजस्थित निवासमा हिजो राति भएको बम विस्फोटनको घटनालाई नेपाल पत्रकार महासंघले गम्भीर रुपमा लिएको छ।
आज नेपाल पत्रकार महासंघ केन्द्रीय समिति संचारग्राम काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै घटनाको छानबिन गरी तत्काल दोषीउपर कारबाही गर्न र पीडितलाई क्षतिपुर्ति दिन तथा पत्रकारहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारसंग आग्रह पत्रकार महासंघका केन्द्रीय सदस्य जगत नेपालले गरेका छन्।

Comments
Post a Comment