पोखरा, साउन २२। स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले विगत सरकारको त्रुटीका कारण झाडापखाला महामारीका रुपमा फैलिएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मध्यपश्चिममा झाडापखाला देखिएलगत्तै आवश्यक कदम नचाल्दा फैलन पाएको बताएका हुन्।
'झाडापखाला शुरु हुदा यो सरकार बनेकै थिएन,' सरकार झाडापखाला रोक्न गम्भीर नभएको प्रश्नमा भने,'रोग शुरु भएको थाहा हुँदा बेवास्ता हुँदा महामारी बन्यो।' वर्तमान सरकार रोग प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा लिन सक्रिय रहेको बताए। मृतकका परिवार र रोग लागेकाहरुलाई उचित राहत दिन लागिएको जानकारी गराए। रोग नियन्त्रणका लागि सबै संयन्त्र प्रभावकारी रुपमा प्रयोग भइरहेको बताए।

Comments
Post a Comment