Skip to main content

वाणिज्य सन्धिबाट नेपालले धेरै उपलब्धि हासील गरेको छ -वाणिज्यमन्त्री महतो

पचेश्वर छिट्टै कार्यन्वयन प्रकृयामा जान्छ-उर्जामन्त्री महत

काठमाडौं भाद्र ७ । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा सहभागी वाणिज्य आपुर्ति एवं उर्जामन्त्रीले भारत भ्रमण अत्यान्त सफल उपलब्धिमुलक र फलदायी भएको बताउनुभएको छ । उहांहरुले नेपालले भारतसंग धेरै आर्थिक सहयोग प्राप्त गरेको समेत बताउनुभयो ।

रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री राजेन्द्र महतोले नेपाल र भारतबीच सम्पन्न भएको वाणिज्य सन्धिबाट नेपालले धेरै उपलब्धि हासील गरेको समेत बताउनुभयो । भारत सरकारको ३२ अर्ब सहयोगले नेपालको हुलाकी सडक निर्माण रेलवे क्षेत्रको विकास भन्सारका अतिरीक्त प्रहरी एकेडेमीको विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । बर्षै देखि नेपालले चाहेको वाणिज्य तथा अनाधिकृत व्यापार सन्धिले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो सहायता मिलेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वाणिज्य सन्धिगर्न नहुने भन्दै आइरहेका थिए तर आखिर नेपाली जनताको हितका खातिर हामीले यो सन्धि गराई छाड्यौ मन्त्री महतोले भन्नुभयो । वाणिज्य सन्धिले आर्थिक सहायताको क्षेत्रमा महत्वपूण्र्ण योगदान दिएको छ यसबाट नेपाली जनताले ठूलो राहात पाएका छन् र भ्रमणको मुख्य उपलब्धि पनि यहि सन्धि हो । वाणिज्य सन्धि विगतमा ५ बर्षका लागि मात्र हुने गरेको भएपनि यसपटक ७ बर्षका लागि भएको बताउंदै मन्त्री महतोले व्यापार गर्नका लागि २२ बाट बढेर अहिले २७ नाका खुला गरको स्पष्ट पार्नुभयो । पुराना मेशीनरीको भारतमा मर्मत नेपालबाट विना रोकतोक फुल हर्बल उत्पादन ढुंगा रोडा बालुवा आदीको भारत निर्यात गर्न सकिने समेत उहांले बताउनुभयो ।

रिपोर्टस्र क्लव नेापलका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महतोले सिमा क्षेत्रमा प्रयोगशाला निर्माण देखि केहि बस्तुमा लागेको सिमित कोटाप्रणालीको समेत खारेजी भएको बताउनुभयो । सन्धि पश्चात नेपालले एलसी नखोलेका बस्तुहरुपनि ल्याउन सकिने भएकोले यसबाट नेपालका व्यापारीहरुले ठूला आर्थिक लाभ लिन सक्ने उहांले बताऊभयो । २०० माइल टाढा रहेको समुद्रमा समेत नेपालको हक लाग्ने भएको बताउंदै मन्त्री महतोले त्यहांका सामानलाई नेपाली सरह सुविधा मिल्ने बताउनुभयो । अनाधिकृत व्यापार सन्धिको सवालमा मन्त्री महतोले तेश्रो देशको बस्तु नेपाल भएर भारत र भारत भएर नेपाल आउन सक्ने प्राबधानले नेपाली व्यपारी र जनतालाई राहात मिल्ने बताउनुभयो ।

कार्यक्रममा उर्जामन्त्री डा। प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण अत्यान्त सफल भएको बताउनुभयो । पाचेश्वर बहुउद्येश्यीय परियोजनाको सवालमा उच्चस्तरीय वार्ताद्धार ठोस निर्णयमा पुगिने बताउंदै मन्त्री महतले भन्नुभयो-यसबाट निस्कीएको विजुली बत्तिको हामीले निर्यात गरी आर्थिक लाभ समेत हासील गर्न सक्छौं । पाचेश्वरको निर्माण लागत बृद्धि गर्न भारत तयार रहेको र रुपालीबाट बांध बांध्न समेत राजी भएको महतले जानकारी दिनुभये । यसबाट नेपालको डुबान क्षेत्र कम हुने विश्वास डा महतले व्यक्त गर्नुभयो । नेपालको लोडसेडिङ्गकम गर्नका लागि भारत बिद्युत दिन तयार रहको बताउंदै उर्जामन्त्री महतले अहिले भएको ट्रान्समिशन लाईनबाट ५०÷६० मेगावट भन्दा बढि विजुली आयात गर्न नसकिने भएकोले यसको क्षमता अभिबृद्धि गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री महतले भारत सरकारले विभिन्न परियोजना निर्माणका लागि आर्थिक सहायता स्वरुप दिएको ३२ अर्व रुपैंया समयमा खर्च भई योजना पूर्ण कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभयो । जलश्रोतको अधिकतम उपयोग गर्नका लागि भारतसंग साझेदारी गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउंदै उर्जामन्त्री महतले यसको सदुपयोग गर्नका लागि भारतीय लगानी आवश्यक रहेको समेत बताउनुभयो । भारत भ्रमणको क्रममा आफुलाई कांग्रेस आइकी अध्यक्ष सोनीया गान्धी संगको भेटमा नलगेकोले केहि मात्रामा हुमिलियसन भएको र नेपाली दुतावासले समयमा नै गाडी उपलब्ध नगराएको बताउनुभयो ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।