काठमाडौं, साउन २४ । सूचना तथा संचारमन्त्री शंकर पोखरेलले राष्ट्रपति डा.रामवरण यादवविरुद्ध महाभियोग प्रस्ताव ल्याउन चुनौती दिएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सदन अवरुद्ध गरेर विधिको बाटो विपरित जानेभन्दा विधिसम्मत महाभियोग प्रस्ताव ल्याउन चुनौती दिएका हुन्।
राष्ट्रपतिको कदम गलत लाग्छ भने माओवादीले महाभियोग लगाएर देखाओस्, सरकारका प्रवक्ता समेत रहेको मन्त्री पोखरेलले भने,'सदन अवरुद्ध गरेर विकास र संविधान निर्माणलाई अवरोध पार्नुको कुनै अर्थ छैन । राष्ट्रपतिको कदमबारे २२ दलले धारणा बनाएर नयां सहमतिको आव्हान गर्दा गर्दै पनि माओवादीले आफ्नो हठ अरुलाई लाद्न खोजेको टिप्पणी गरे । माओवादी हठका कारण पटक पटक पराजित भएको बताए । उनले भने,'राष्ट्रपति निर्वाचन र सेनापति बर्खास्त गर्दा अरुलाई उपेक्षा गर्दा माओवादी पराजित भएको छ । राष्ट्रपतिको कदमलाई लिएर हठ कायमै राखेको भन्दै पुनः पराजित हुने बताए।

Comments
Post a Comment