Skip to main content

उपराष्ट्रपतिको बारेमा निर्णय गर्ने अधिकार सर्बोच्चसंग छैन- फोरम अध्यक्ष यादव

-सुभाषप्रसाद साह-

बारा १२ भदौ। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
उपराष्ट्रपति प्रमानन्द झालाई सर्बोच्च अदालतले नेपालि भाषामा पुन सपथ
लिन गरेको निर्णय सर्बोच्च अदालतको क्षेत्र अधिकार भित्र नरहेको बताउँदै
यो राजनीतिक मुदा भएकोले यसलाई राजनीतिक सहमतिमै टुगों लगाउनुपर्नेमा जोड
दिएका छन्।

मधेसी जनअधिकार फोरम नेपाल बाराद्वारा शुक्रबार देखी कलैयामा शुरु भएको
तीन दिने सिम्रौनगढ क्षेत्रीय प्रशिक्षण कार्यक्रममा भाग लिन आएका
अध्यक्ष यादवले बाराली साचारकर्मीहरुसंग कुरा गर्दै बर्तमान संबिधानमा
भाषा धर्म लगाएतको आधारमा भेदभाव नगर्ने भएपनि सर्बोच्चले भाषाको आधारमा
मधेसी बिरुद्ध पुर्वाग्राही निर्णय गर्नुका साथै असंबैधानिक रहेकॊ आरोप
लगाए। सर्बोच्च अदालतको यस्तो निर्णयको कारण नेपाली भाषामा प्रकाशित हुने
राष्ट्रिय पत्रिका राजधानी दैनिक कान्तिपुर नागरिक दैनिक लगाएतका
पत्रिकाहरु जलाईएको उनले बताए।

देश अहिले संघिय लोकतान्त्रिक राज्य प्रणलिमा गईरहेको अवस्था रहेको
बेलामा मधेसीहरुले आफ्नो मौलिक अधिकार प्राप्तिको लागि काठमाडौंमा
आन्दोलन गर्ने फोरम कार्यकर्ताहरुलाई पक्रेर याताना दिने यो सरकार
लोकतान्त्रि सरकार नभई स्वच्छाचारी अलोकतान्त्रिक तथा घोर मधेसी बिरोधी
सरकार भएको संज्ञा दिदै अध्यक्ष यादवले भने- ुलोकतन्त्रलाई मजबुत
बनाउँनुको साटो बर्तमान सरकार लोकतन्त्रलाई कमजोर बनाउदै िहंसा बढाउन
लागि परेको छ। ु

संबिधान सभाबाट निर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपतिको पद खारेज गर्ने
अधिकार सर्बोच्चसंग नरहेको यादवले जिकिर गरे। यस्तो अवस्थामा
उपराष्ट्रपति प्रमानन्द झाले आफ्नो पदबाट राजिनामा दिनुनै फोरमको धारण
रहेको बताए।

बिशेष शान्ति सुरक्षाको नाममा सरकारले ल्याएको बिशेष शुरक्षा योजना मधेसी
बिरोधी रहेको बताउँदै अध्यक्ष यादवले भने -ु सरकारले मधेसमा आन्दोलनरत
सशस्त्र समुह तथा सर्बसधारण मधेसीहरुलाई मुटभेडको बहाना बनाउँदै पक्रेरर
ज्यानै मार्ने काम गरेको बताए। ु

बिगतको सरकारले नियुक्त गरेको राजदुतहरुलाई बर्तमान सरकारले
स्वच्छाचारीको आधारमा रोका गरी अहिले सम्म नपाठाएको गुनासो गर्दै
समाबेशीको कुरा उठाए पनि सशस्त्र प्रहरी सेवा लगाएतका क्षेत्रमा भएको
भर्नामा मधेसीको एक प्रतिशत पनि संख्या नरहेकोले बर्तमान सरकारको कडा
आलोचना गरेका छन।

बारा पसा्र रौतहट मकवानपुर र चितवनका फोरम नेता एवं कार्यकर्ताहरुलाई
प्रशिक्षण दिन अध्यक्ष यादवसंगै फोरम महासचिव रामसहायप्रसाद यादव सभासद
आत्माराम साह लगाएतका एक दर्जन भन्दा बढी नेता तथा सभासदहरु कलैया
आनुभएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।