Skip to main content

संयुक्त राष्ट्रसङ्‍घीय विज्ञद्वारा नेपालका आदिवासी जनजातिसम्बन्धी प्रतिवेदन सार्वजनिक

साउन २६, जेनेभा/काठमाडौँ .
"व्यापक रूपमा आदिवासी जनजाति भनिने आदिवासीहरूको अधिकारलाई अघि बढाउने सरकारको व्यक्त प्रतिबद्धताबाट म विशेष प्रतिवेदक उत्साहित भएको छु, तर तिनको अधिकारलाई अघि बढाउने सरकारको सहमतिलाई यथार्थमा रूपान्तरण गर्न धेरै कुरा गर्न बाँकी छ", जेम्स अनायाले भन्नुभयो।
मानवअधिकार तथा मौलिक स्वतन्त्रताको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घका विशेष प्रतिवेदक श्री अनायाले २०६५ मङ्‌सिर ९ देखि १७ गतेसम्म नेपाल भ्रमण गर्नुभएको थियो। आफ्नो प्रतिवेदनमा उहाँले चालु संविधान निर्माण प्रक्रिया तथा राजनीतिक सङ्क्रमणकाल आदिवासी जनजातिसँग सम्बन्धित भएकाले त्यसको विश्लेषण गर्दै उनीहरूको मानवअधिकारको स्थितिको समीक्षा गर्नुभएको छ। प्रतिवेदनले नेपालले अनुमोदन गरेको आईएलओको आदिवासी जनजाति महासन्धि, १९८९ (नं॰ १६९)मा प्रतिविम्बित आदिवासी जनजातिका अधिकारहरू सुरक्षित गर्न नेपालले व्यक्त गरेका पहलहरूको कार्यान्वयन तथा आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घीय घोषणापत्रलाई यसले गरेको समर्थन एवं राष्ट्रिय स्तरमा गरिएका कैयौँ नीतिगत तथा कानुनी सुधारहरूको लेखाजोखा गरेको छ।

नेपाल सरकारद्वारा गरिएका विकासहरूबारे उल्लेख गर्दै श्री अनायाले आदिवासी जनजातिविरुद्धको भेदभावको इतिहाससँग सम्बन्धित चालु मानवअधिकारसम्बन्धी कैयौँ सरोकारहरूमाथि प्रकाश पार्नुभएको छ। लोकतन्त्रप्रतिको नेपालको सङ्क्रमणको अवधिमा आएका चुनौतीहरूबारे सचेत हुँदै विशेष प्रतिवेदकले सरकारका प्रतिबद्धताअनुरूप आदिवासी जनजातिको अधिकारको पहिचान तथा संरक्षण अभिवृद्धि गर्न सहयोगी हुन सक्ने कैयौँ सिफारिसहरू गर्दै यी प्रयत्‍नहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सो प्रतिवेदन (ए/एचआरसी/१२/३४/अतिरिक्त ३) मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयको वेबसाइटमा उपलब्ध छ र सेप्टेम्बरमा हुने मानवअधिकार परिषद्को १२औँ बैठकमा प्रस्तुत गरिने छ।

---------------------------------------------------------------------------------------------------------

मानवअधिकार आयोगले सन् २००१ मा विषयगत विशेष कार्यादेशवाहकको व्यवस्थाको एउटा भागका रूपमा आदिवासी जनजातिको मानवअधिकार तथा मौलिक स्वतन्त्रताको स्थितिसम्बन्धी विशेष प्रतिवेदकको नियुक्ति गर्ने निर्णय गर्‍यो। विशेष प्रतिवेदकको कार्यादेश मानवअधिकार आयोगद्वारा सन् २००४ मा र आयोगलाई प्रतिस्थापन गरेको मानवअधिकार समितिद्वारा सन् २००७ मा नवीकरण गरियो।

वि॰सं॰ २०६५ चैत १३ गते मानवअधिकार परिषद्ले प्राध्यापक एस॰ जेम्स अनाया (संयुक्त राज्य अमेरिका)लाई प्रारम्भमा तीन वर्षका लागि नियुक्त गर्‍यो। प्राध्यापक अनाया एरिजोना विश्वविद्यालय (संयुक्त राज्य अमेरिका)का मानवअधिकार कानुन र नीति विषयका जेम्स जे॰ लेन्वार प्राध्यापक हुनुहुन्छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।