Skip to main content

उच्चायुक्तको कार्यालयद्वारा शान्ति प्रक्रियाअन्तर्गत मानवअधिकारसम्बन्धी विस्तृत जाँच (vetting) गर्न आह्वान

काठमाडौँ, भदौ १२ . संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले बिहीबार कार्यवाहक प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई उहाँकै कार्यालयमा भेट गर्नुभयो। उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख बेनेटले महारथी गुरुङलाई उहाँको नियुक्तिका लागि बधाई दिनुका साथै नेपाली सेनाले संयुक्त राष्ट्रसङ्‍घको शान्तिस्थापना मिसनहरूमा गरेको महत्त्वपूर्ण योगदानबारे उल्लेख गर्नुभयो।

भेटका अवसरमा उच्चायुक्तको कार्यालयका प्रमुखले द्वन्द्वका क्रममा नेपाली सेनाबाट भएका मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका गम्भीर उल्लङ्‍घनका लागि जवाफदेही बनाउने सन्दर्भमा भएको प्रगतिको अभावप्रति उच्चायुक्तको कार्यालयको चिन्ता दोहर्‍याउनुभयो।

महारथी तथा उच्चायुक्तको कार्यालयका प्रमुखले सन् २००३ र सन् २००४ मा सेनाको महाराजगन्ज ब्यारेकमा घटेका स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने कार्यसम्बन्धी घटनाहरूको उपयुक्त ढङ्गबाट अनुसन्धान गर्नमा भएको सरकारको विफलताबारे उच्चायुक्तको कार्यालयले हालै प्रधानमन्त्रीलाई लेखेको पत्रमा उठाइएका चिन्ताहरूबारे छलफल गर्नुभयो। उच्चायुक्तको कार्यालयका प्रमुखले बर्दिया जिल्लामा भएका बेपत्ता पार्ने कार्य तथा मैना सुनुवारको हत्यालगायतका नेपाली सेनाका कर्मचारीहरू संलग्न भएका मानवअधिकारका गम्भीर उल्लङ्‍घनसम्बन्धी आरोपहरूबारे पनि कुरा उठाउनुभयो।

महाराजगन्ज ब्यारेकमा मानवअधिकार उल्लङ्घन भएको बेलामा कमान्ड जिम्मेवारीको पदमा रहेका नेपाली सेनाका उपरथि तोरणजङ्ग बहादुर सिंह तथा सहायक रथी भिक्टर राणालगायतका कर्मचारीहरूलाई हालसालै बढुवा वा म्याद थपका लागि सिफारिस गरिएकोमा नेपालस्थित उच्चायुक्तको कार्यालयका प्रमुखले चिन्ता व्यक्त गर्नुभयो। भविष्यमा यस्तो विवाद हुन नदिन शान्ति प्रक्रियाको दौरानमा नेपाली सेनाका कर्मचारी तथा माओवादी कार्यकर्ताहरू दुवैको बृहत् जाँच (भेटिङ) गरियोस् भनी उहाँले सल्लाह दिनुभयो।

महारथी गुरुङले मानवअधिकार उल्लङ्घनमा दोषी प्रमाणित भएका सैनिक कर्मचारीहरूलाई दण्डित गर्ने कुरा बताउनुका साथै द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनहरूको अनुसन्धान गर्न स्थापित बेपत्ता पार्ने कार्यसम्बन्धी छानबिन आयोगजस्ता उचित तरिकाले गठन गरिएका निष्पक्ष तथा स्वतन्त्र निकायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“उच्चायुक्तको कार्यालय त्यसबेलाको चेन अफ कमान्डभित्र पर्नेहरूको जिम्मेवारीलगायत महाराजगन्ज ब्यारेकमा भएका मानवअधिकार उल्लङ्‍घनका घटनाहरूको अनुसन्धान गर्न पुन: एकपटक सरकारलाई आह्वान गर्दछ”, रिचर्ड बेनेटले भन्नुभयो। “एउटा स्वतन्त्र तथा निष्पक्ष जाँच गर्ने संयन्त्रको स्थापना नभएसम्म मानवअधिकार उल्लङ्‍घनमा संलग्न भएको भन्ने विश्वसनीय आरोप लागेका व्यक्तिहरूको पदोन्नति, तिनको कार्यावधि थप्ने वा तिनलाई संयुक्त राष्ट्रसङ्‍घीय सेवाका निम्ति मनोनयन गर्ने कार्य थाती राख्‍नुपर्दछ।”

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।