वीरगंज, १९ भदौ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले नेपालका पूर्व युवराज पारस शाह जाली नोटमा संलग्न रहेको समाचार प्रकाशित गरेपछि आज बिहान नेपाल राष्ट्रवाद संघ पर्साले वीरगंजको घण्टाघरमा भारतीय पत्रिका द टाइम्स अफ इण्डिया जलाएको छ।
नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्षँ जनकलाल शाहको नेतृत्वमा आज बिहान द टाइम्स अफ इन्डिया पत्रिका जलाइएको हो।
भदौ १६ गते सो पत्रिकाले पृष्ठ नं। १ र ११ मा नेपालको राज परिवार र राजसंस्थाप्रति पूर्वाग्रही राखेर पूर्व युवराज पारस वीर विक्रम शाहको तथा राजपरिवारको चरित्र हत्या गर्ने प्रयास गरेको राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहले बताए।
निराधार र कपोलकल्पित अप्रमाणित आरोप पूर्व युवराजविरुद्ध लगाएको भन्दै टाइम्स अफ इन्डिया पत्रिकाले समाचारको खण्डन गरी सार्वजनिक रुपमा क्षँमा याचना नगरेसम्म राष्ट्रवाद संघ पर्साले यसरी नै भारतीय पत्रिकाहरुलाई दहन गर्ने भएको संघका अध्यक्ष शाहले चेतावनी दिएका छन्।
Comments
Post a Comment