वीरगंज २६ भदौ । निजी क्षेत्रका मोबाइल कम्पनीहरुले आपुनो सेवा ग्राहकहरुमा विस्तार गर्न सुरु गरेपछि संयोगले भनौ वीरगंज नगरमा नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनको तार चोरी गरी टेलिफोन सेवा अवरुद्ध पार्ने काम तीब्रताका साथ हुन जांदा हिजोआज वीरगंज उपमहानगरपालिकाको १९ वटै वडाको ल्याण्ड लाइन टेलिफोनको सम्पूर्ण सेवा प्रायः ठप्प हुन पुगेको छ ।
सडकको छेउमा गाडीएको लठ्ठाबाट तानिएको ल्याण्ड लाइन टेलिफोनका तोरहरु निरन्तर रुपमा काटेर चोरहरुले लैजांदा पनि टोलबासी र प्रहरीले चोर पक्राउ गर्न असमर्थ भएका छन्। कुनै बेला चोर पक्राउ परे पनि स्थानीय नेताहरुको शिफारिसमा कारबाही बिना नै छुट्ने हुनाले पनि टेलिफोन तार चोरी कार्य बढ्न गइ टेलिफोन सेवालाई पूर्ण ध्वस्त बनाइदिएको छ।
नेपाल टेलिकमका क्षेत्रीय निर्देशकले लठ्ठाबाट तानिएको टेलिफोन तार चोरिने क्रम नरोकिएबाट ल्याण्ड लाइन टेलिफोन तार अण्डर ग्राउण्ड गरिन सुरु गरेको जानकारी दिएका छन्। चोरी भएको टेलिफोन तार बेचेर चोरले कति रुपैयां कमायो त्यो भन्न नसकिए पनि नेपाल टेलिकमको ३ करोडभन्दा बढी क्षति भएको छ भने ५ हजार ल्याण्ड लाइन टेलिफोनका ग्राहक सेवाबाट वन्चित हुन पुगेका छन्। घरका सबै सदस्यको हात हातमा मोबाइल भए पनि घरको लागि ल्याण्ड लाइन टेलिफोन निकै सुविधायुक्त र सस्तो रहेको थियो।
कतिपयले निजी क्षेत्रका प्रतिस्पर्धी मोबाइल कम्पनीहरुले नेपाल टेलिकमलाई धाराशायी बनाउन पेशेवर चोरहरुलाई मोटो रकम पुरस्कार स्वरुप दिइ ल्याण्ड लाइन टेलिफोन तार काट्न र चोर्न लगाई ग्राहक सेवा अवरुद्ध पारी आपुनो मोबाइल सेवाको विस्तार गरेको आरोप पनि लगाएका छन्। टेलिफोन तारहरुको मेन कनेक्सन दिने नै चोरेर बेच्दा २ ४ हजार आउने भएकाले स्माइकर र अन्य चोरहरुले टेलिफोन तार चोरी गर्ने जोखिम उठाएको अनुमान केहीको छ।
चोरी कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी बोकेको प्रहरीले पनि टेलिफोन तार चोरीको रहस्य अझैं पत्ता लगाउन सकेको छैन। मुलुकका अन्य शहरहरुमा पनि टेलिफोन तार काटेर चोर्ने कार्य जारी छ।

Comments
Post a Comment