वीरगंज २४ भदौ । नवनियुक्त मन्त्री लक्ष्मण लाल कर्णसंग वीरगंजका उद्योगी व्यवसायीले भेटघाट गरेको छ ।
आज वीउवासंघको कार्यकक्षमा सम्पन्न भेटघाट कार्यक्रममा कर्णले बिगि्रएको शान्ति सुरक्षाको दीर्घकालीन रुपबाट समाधान गर्ने आश्वासन दिएका छन्।
उनले वीरगंजमा दातृ राष्ट्रले सहयोग गरे अन्तराष्ट्रिय सभा हलको निर्माण गर्ने बताए।
वीरगंजका लोकपि्रय व्यक्ति मन्त्रीमा नियुक्त भएपछि व्यापारीहरुले बधाई िदंदै वीरगंजको समस्याहरु निराकरण तथा विकास निर्माणमा सहयोग हुने आशा व्यक्त गरेका थिए।
कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य गया पासवान बाबुलाल यादव र जिल्ला सभापति निजामुद्दीन समानीको उपस्थिती थियो। ठूलो संख्यामा व्यवसायीहरुको भेटघाट कार्यक्रममा उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा संघका भू।पू। अध्यक्ष नि।वर्तमान अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो । धन्यवाद ज्ञापन संघका उपाध्यक्ष अशोक टेमानी र कार्यक्रमको संचालन संघका महासचिव गोपाल केडियाले गरेका थिए।
Comments
Post a Comment