Skip to main content

खान पनि पाउने जान पनि पाउने नेताहरुको दाऊ

काठमाडौं असोज २ गते। वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले राजनीतिक दलका नेताहरुले खाद्यान्नका आधारमा राजनीति गरिरहेको आरोप लगाएका छन्। ुदसैंका बेला नेताहरुले खाद्यान्नको माग बढाउने गरिरहेका छन्ु रिपोर्टस्र क्लबको साक्षात्कार कार्यक्रममा महतोले भने ुहेलिकोप्टरमा जान पनि पाउने खान पनि पाउने भएकाले यस्तो भएको गरेका हुन्।ु

नेताहरुले आपुूले खाद्यान्न ल्याएको देखाउन पनि पहाडी जिल्लाका ३० दुर्गम जिल्लामा नियमितका साथै थप खाद्यान्न माग भइरहेको उनको भनाइ थियो। ुमाग हुँदैमा खाद्यान्न पठाउन सकिँदैनु उनले भने ुस्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बन्ने समितिबाट प्रकि्रयागत रुपमा माग भएपछि मात्र सम्बन्धित निकायले पठाउन सक्छन्।ु

स्थल मार्ग नभएका जिल्लामा हवाई मार्गबाट पठाउनुपर्ने तर त्यसका लागि हेलिकोप्टर अभाव भएको उनको भनाइ थियो। खाद्यान्न आपूर्ति व्यवस्थाका लागि निजी जहाजको तुलनामा सैनिक हेलिकोप्टरको भाडा महँगो भएको उनले बताए।

ुती जिल्लामा सधैं चामल खाने होइनु महतोले भने ु३६५ दिनका लागि पठाउने हो भने मुलुकको पूरै बजेट ढुवानीमा लाग्छ। उनका अनुसार कालिकोटमा १ हजार हुम्लमा ७५० बाजुरामा १ हजार रुकुममा ८ हजार जाजरकोटमा ९ हजार गोरखामा ४ सय थप खाद्यान्न माग भइआएको छ।

नेपालमा वार्षिक ४ लाख मेटि्रक टन खाद्यान्न अभाव छ। तर भारतले २ लाख मेटि्रक टन खाद्यान्न रोकिरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणका बेला ५० हजार मेटि्रक टन गहुँ चिनी र दाल पठाउने सहमति भएको मन्त्री महतोले जानकारी दिए।

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महतोले खाद्य संकट र महँगी नेपालको मात्र नभएर विश्वव्यापी समस्या भए पनि कृत्रिम रुपले बढ्ने मूल्य नियन्त्रणका लागि सरकार तत्पर रहेको बताए। मूल्यवृद्धि तथा बजार अनुगमन सरकारले गरिरहेको र अनियमितता गर्नेलाई कारबाही गरिने उनको दृढता थियो।

वाणिज्य विभाग उपभोक्ता माच र प्रहरीको सहयोगमा मन्त्रालयले काम गरिरहेको जानकारी उनले दिए। साथै उनले दसैंमा ४५ हजार खसीबोका भित्राइने र पेट्रोलियम पदार्थको मूल्य समायोजन तत्काल नहुने बताए।


Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।