Skip to main content

हाइवेको लाइन होटल द्वारा यात्रुमाथि ठगी

भरतपुर २५ भदौ । राष्ट्रिय राजमार्गमा रहेका लाइन होटेलद्वारा यात्रुहरु नराम्रोसंग ठगिदै आएका छन्। हाइवेका लाइन होटलहरुले प्रत्येक बसको चालकलाई कमिशन दिएर आपुनो होटल अगाडि बस रोक्न लगाएर यात्रुहरुलाई ठग्ने सुनौलो अवसर निर्माण गरेका छन्।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको हाइवे र नारायणगढ- काठमाडौंको हाइवेमा रहेका प्रत्येक लाइन होटलहरुले सर्वसाधारण बस तथा ट्रकबाट यात्रा गर्ने यात्रुहरुलाई लुटिरहेको पाइन्छ।

महंगी बढेको बहानामा लाइन होटलहरुले सादा खानाको रु ९० चना चिउरा प्लेटको ५० खिरको ५० सेल र चनाको १२० पुलाउको ८० एउटा अण्डाको १५ चाउचाउको ३० मासुभातको १३० रुपैयां यात्रुहरुसंग लिने गरेका छन्। बसबाट ओर्लनासाथ यात्रुहरुलाई हात समाएर घचेटेर आ-आफनो होटलमा घुसाएर मनपर्दी ढंगले रकम असूल गर्दै आइरहेका छन्।

दिशा र पिसाब गरेर खाजा र खाना नखाइ फर्केका यात्रुहरुसंग समेत लाइन होटलवालो जथाभावी पैसा असूल गरी जघन्य अपराध गर्दै आएका छन्। होटलमा छिर्नासाथ होटलवालाको मुखपति मूल्य यात्रुहरुको काउन्टरमा बस्नेलाई बुझाउनुपर्ने बाध्यता छ। दशैं तिहार छठ र रमजान पर्वमा मानिसहरु बढी आवतजावत गर्ने हुनाले लाइन होटलवालाहरुले यस अवसरमा बढीभन्दा बढी कमाउने लक्ष्य र उद्येश्य लिएको देखिन्छ। पानी जस्तो नाम मात्रको दाल निम्न गुणस्तरको चामलको भात कुहिएको गोलभेंडाको अचार र सडेगलेको तरकारीको सादा भात खाएका यात्रुहरु पखाला लागेर बिरामी समेत हुनु परेको छ। अधिकांश यात्रुहरुलाई लाइन होटलको ठगी धन्दाबारे जानकारी नहुंदा यस्तो अपरध गर्ने मौका लाइन होटलवालाहरुले पाएका छन्। दशैं तिहार छठका यात्रु र भारतीय पर्यटकहरुको हितलाई ध्यानमा राखेर स्थानीय प्रशासनले खाना र नास्ताको मापदण्ड बनाइ मूल्य सूची टांस्न लगाई लाइन होटलको ठगीबाट यात्रुहरुलाई मुक्त गराउन जरुरी देखिन्छ। लाइन होटलवालाहरुको नाजायज मूल्यबाट पीडित भएका यात्रुहरुले आफू ठगिएकोमा प्रतिवाद गर्दा लाइन होटलहरुले पालेको गुण्डाहरुले हिर्काएको मुडकी समेत खप्नु परेको छ। तराइ मूलका मानिसलाई लाइन होटेलवालाहरुले आपुनो नाजायज व्यापार बढाउन मुख छाड्ने दुव्र्यवहार गर्ने गरेबाट सामाजिक सदभावमा समेत खलल पुर् याउंदै आएका छन्। नाजायज ठग्ने लाइन होटलवालाहरुलाई तत्काल कडा भन्दा कडा कारबाही गर्ने र हरेक होटलमा खाना र नास्ताको मूल्य सूची राख्ने अवस्था स्थानीय प्रशासनले अबिलम्ब नगरे लाइन होटलवाला र यात्रुहरुबीच झैंझगडा भइ अपि्रय घटना समेत घट्ने वातावरण बनेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।