वीरगंज १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ४७ औं दिवसको अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाएको छ।
आज बिहान घण्टाघरबाट नेरेसो पर्साले निकालेको र् याली नगर परिक्रमापश्चात पुनः घण्टाघरमा पुगी सभामा परिणत भएको थियो।
यसैगरी नेरेसो धोरे उपशाखाले सरसफाई र् याली नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धोरेबाट निकालेको थियो।
वीरगंज छपकैया-३ स्थित पंडित रामधेनी तिवारी निम्न माविमा प्रकोपमा जुनियरको भूमिका विषयक निबन्ध प्रतियोगितामा १४ वटा विद्यालयका २४ जना छात्रछात्रा सहभागीता थियो।
यसैगरी नेरेसो पर्साले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो। २० वटा विद्यालयबाट सहभागी ४० जना छात्रछात्राहरुले नेपाल रेडक्रस समाजसेवाको बारेमा आ-आफ्नो तर्क राखेका थिए । प्रतियोगितामा त्रिजुद्ध माविका सन्तोषी यादव प्रथम गौतम माविका प्रेरथा अधिकारी द्वितीय गौतम माविका हेमन्त तामाङ तृतीय ज्ञान ज्योति माविका मोनिका खडका सान्त्वना सेन्ट जोन माविका चांदनी अग्रवाल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
Comments
Post a Comment