Skip to main content

राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाइन भइरहेको छ ः पुन

काठमाडौं २५ भदौ। नेकपा माअेावादीमा नेता एवं सेना समायोजन विशेष समितिका सदस्य बर्षमान पुन अनन्तले माधबकुमार नेपा नेतृत्वको वर्तमान सरकारले सेना समायोजन गर्न नसक्ने बताउनुभएको छ। उहांले बर्तमान सरकारले जनमुक्ति सनाको समायोजन गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन नसक्ने दावी गर्नुभयो।

रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै नेता पुनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन र माओवादी जनमुक्ति सेना समायोजन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो। माओवादी देशमा विद्यमान चुनौतिको सामना गरी सेना समायोजन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन चाहन्छ् त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ त्यस्तो सरकारको नेतृत्व जसले गरेपनि त्यो आफुहरुलाई मान्य हुने नेता अनन्तले बताउनुभयो। राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाईन भईरहेको बताउंदै नेता पुनले तिन दिनसम्म देश सेनापती विहिन रहेको बताउनुभयो। उहांले भन्नुभयो-कटवाल विदामा बसेको र बर्तमान सेिनापति गुरुङ्गले कामु नपाएको अवस्थामा तिन दिन मुलुक प्रधानसेनापति विहिन भयो। बर्तमान गतिरोधको अन्त्य गरी राजनीतिक निकास दिन माओवादी पार्टी लागिरहेको स्मरण गराउंदै नेता पुन ले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस नेतृ सुजाता कोइरालाले गरे पनि त्यो माओवादीलाई मान्य हुने बताउनुभयो।

रिपोर्टस्र क्लव नेपालका अध्यष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले सेना समायोजनमा माओवादी र उसका सेना बाधक नभएको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो-समायोजनमा बाधक भनेको दलहरुबीचको राष्ट्रिय सुहमति हो नेपाली सेना र जनपथ तथा सशस्त्रप्रहरीहरु होइनन्। दलहरुबीचमा सहमती पश्चात बनेको राष्ट्रिय सरकारले मात्र संविधान निर्माण गर्न सक्ने उहांको भनाई थियो। संविधान निर्माण र सेना समायोजन जस्तो महत्वपूर्ण सवालमा दलहरुबीच आधारभूत सिद्धान्तको टुंगो लगाउनुपर्नेमा जोड िदंदै उहांले बर्तमान सरकारसंग सेना समायोजनको लागि भिजन नभएको तर्कगर्नुभयो।

निवर्तमान प्रधानसेनापति रुक्मांगत कटवालले राजनीति गरी आफुलाई राजा भन्ठानेका कारण व्यक्तिगत रुपमा कटवालसंग माओवादी नेतृत्वको सरकारको सम्बन्ध चिसिएको बताउंदै अहिलेका व्यवसायीक प्रधानसेनापति छत्रमानिसंह गुरुंगसंग भने सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो।

सेना समायोजन प्राविधिक समितिका सदस्य शम्भुराम िसंखडाले माअेावादी सेनाको समायोजन न्यायसंगत र युक्ति पूर्ण ढंगबाट हुनुपर्ने बताउनुभयो। सेनाको समायोजन गर्नु जटिल र ठूलो कुरा होइन दलहरुबचिको आन्तरिक किचलोका कारण यसलाई बृहत विषय बनाईएको उहांको भनाई थियो। उहांले माओवादी लडाकुहरुको आचारसंहिता र नियन्त्रणका विषयमा प्राविधिक समितिले वर्कआउट गरीरहेको बताउनुभयो।

कार्यक्रममा अर्का सदस्य दिपकप्रकाश भट्टले बृहत शान्ति संझौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम प्राविधिक समितिले काम गर्ने बताउनुभयो। उहांले माओवादी लडाकुहरुको समायोजन किटानीसाथ यति नै संख्यामा भन्न नसकिने बताउंदै समायोजनको संख्या राजनीतिक सहमतीको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो। शिबिरमा भ्रमण गर्दा माओवादी लडाकुहरुले ्लोकतन्त्र प्राप्ति गर्नका लागि आफुहरुको योगदानको मुल्यांकन गर्न आग्रह गरकेा स्मराण गर्दै उहांले लडाकुहरु दलहरुबीचको सहमती मान्न तयार रहेको बताउनुभयो।

सैन्यविद् डा इन्द्रजीत राइले सेनामा योग्य व्यक्तिहरुको समायोजन हुनपर्ने बताउनुभयो। उहांले अहिलेको संक्रमणकालीन अवस्थामा समायोजनका सन्र्दभमा नेताहरुको बोली आपत्तिजनक रहेको र त्यो अन्तरिम संविधान तथा बृहत शान्ति संझौताको भावना विपरीत भएको बताउनुभयो। राजनीतिक सहमती भए माओवादी लडाकुहरुको समायोजन ६ महिना भित्रमा गर्न सकिने उहांको भनाई थियो।

कार्यक्रममा पूर्व एआी राजेन्द्र बहादुर िसंहले सेना समायोजन गर्न तयार रहेकाहरुले नै अहिले आएर बखेडा झिकिरहेका बताउनुभयो। समायोजनका सन्दर्भमा दलहरुबीच स्पष्ट धारणा नभएको बताउंदै उहांले समायोजनलाई दलहरुकै किचलोका कारण जटिल बताउंदै लगेको तर्क गर्नुभयो।

कार्यक्रममा केशरबहादुर भण्डारीले सेनाको समायोजन राजनिितक सहमतिका आधारमा हुनुपर्ने बताउनुभयो। समायोजनका लागि लडाकुको संख्याले फरक नपार्ने बताउंदै दलहरुले सानो समस्यालाई जटिल बनाएको बताउनुभयो। मापदण्ड पुरा गराएका सेनालाई दलको सहमतीमा समायोजन गर्दा आपत्ति नहुने उहांको भनाई थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।