वीरगंज २५ भदौ । बिना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले सरकारमा सबैभन्दा बढी आतंक हुने देश नेपाल रहेको बताएका छन्।
आज वीरगंज छपकैयामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मन्त्री कर्णको सम्मानमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
कर्णले विश्व आज आतंकको चपेटमा परेको बताउंदै आतंकलाई गोलीबाट समाप्त पार्न नसकिने दाबी गरे।
सशस्त्र समूहहरुलाई हतियारको दम्भ त्यागेर वार्ता र संवादको माध्यमबाट मूलधारमा आउन आग्रह करणले गरे।
कार्यक्रममा केन्द्रकी संचालिका रविणा दिदीले दोसल्ला ओढाइ मन्त्री कर्णको सम्मान गरेकी थिइन्।
Comments
Post a Comment